१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा

उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा काँग्रेस र एमाले नै मुलधारका पार्टीहरु हुन् भन्ने प्रमाणित गरेको बताउनुभएको छ ।

मंगलवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले उपनिर्वाचनको मत परिणामले नेपाली राजनीतिमा काँग्रेस र एमाले नै मुलधारका पार्टी हुन् भन्ने प्रमाणित गरेको बताउनुभएको हो । उहाँले निर्वाचनले धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको टिप्पणी गर्नुभयो । उहाँले ईलाममा एमाले महागठबन्धन बनाएर निर्वाचनमा गएकाले जितेको बताउनु भयो । उहाँले उपनिर्वाचनबाट काँग्रेस, एमाले स्थापित भएका र चटकेहरु साइडमा आएका बताउनु भयो । सांसद खतिवडाले २०८४ सालसम्म चटकेहरु ठिक हुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘निर्वाचन परिणाम आइसक्यो । राम्रो भएको छ । अहिलेका धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको छ । नेपालमा राजनीति गरेका दुईवटा पार्टीहरु नेपाली काँग्रेस र नेकपा(एमाले) नै मेनस्ट्रिमका पार्टी हुन् भन्ने अहिले प्रमाणित गरेको छ । हिजो हाम्रो गठबन्धन थियो थोरै मतले पराजित भएका थियौँ । अहिले गठबन्धनले जितेको छ, इलामको चुनावमा हामी कमजोर भएका छैनौँ । काँग्रेस त्यहाँ कमजोर छैन । उहाँहरुको माओवादी केन्द्र, नेपाल परिवार दल, नेपाल कम्युनिस्ट पार्टी सबैसँग महागठबन्धन नै थियो । महागठबन्धनले जितेको छ । हामी एक्लै सम्मानजनक रुपमा छौँ । नेपालको राजनीतिमा अहिले एउटा भाष्य निर्माण भएको छ । दुई वटा पार्टी स्थापित भएका छन् । अहिले चटकेहरु बिस्तारै साइडमा आएका छन् । ०८४ सालसम्म चटके ठिक हुन्छन् ।’

उहाँले हार व्यहोरेपनि नेपाली काँग्रेसको मत कमजोर नभएको बताउनु भयो । सम्मानजनक मत आएको उहाँको भनाई छ ।