१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम सम्पन्न

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम सम्पन्न
अ अ+ अ-

काठमाडौँ । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाडौँमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम सम्पन्न भएको छ ।

स्वर्ण महोत्सवको उपलक्ष्यमा नेपाल–कोरिया मैत्री अभियान २०२४ अन्तर्गत नेपाली र कोरियाली आरोहीहरूबाट हालैमात्र जुगल हिमालको जुगल हिमाल १ र जुगल हिमाल २ आरोहण गरिएको थियो ।

चुचुरोमै पुग्न असफल भएपनि यो पटक ६ हजार २५० मिटरसम्म आरोहण भएको थियो । यो आरोहण नेपाल र छिमेकी राष्ट्र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाल सरकारले २०७९ चैत्र २८ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) बैठकले आरोहणका लागि खुल्ला गरेको थियो ।

नेपाल पर्यटन बोर्ड र नेपालस्थित कोरियन दूतावासको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले नेपाल–कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठ (स्वर्ण महोत्सव)को उपलक्ष्यमा नेपाल सरकारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष भए पनि दुई देशबीच धार्मिक र सांस्कृतिक सम्बन्ध भने प्राचीन र ऐतिहासिक रहेको उल्लेख गर्दै उहाँले कोरियाको तर्फबाट प्रारम्भदेखि निरन्तर नेपालको समग्र अर्थतन्त्र, पूर्वाधार विकास,पर्यटन तथा रोजगारीलगायत विभिन्न क्षेत्रमा भएको पारस्परिक सहयोग प्रति आभार व्यक्त गर्नुभयो ।

संघीय सांसद माधव सापकोटाले स्वर्ण महोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा नेपाल र कोरिया बीच रहीआएको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नु भयो ।

यस्तै नेपालका लागि कोरियाका राजदूत पार्क टी योङले नेपाल र कोरियाबीच लामो सम्बन्ध रहेको चर्चा गर्दै स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको यस अभियानले नेपालको हिमाली पर्यटनको थप विकास तथा प्रर्वद्धनका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापा, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद पाण्डे, कोरियन अल्पाइन फाउण्डेशनका अध्यक्ष डा। सोम जंग हो,कोरिया नेपाल फ्रन्डसीप एक्सपीडिसनका क्याप्टेन ऊ होङ गील लगायतले नेपाल कोरिया सम्बन्धका बारेमा बोल्नु भएको थियो ।

सो अवसरमा जुगल आरोहणमा सहभागी आरोहीहरुलाई सम्मान गरिएको थियो ।