६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा ११ सय मत गन्न बाँकी छँदा एमालेका भण्डारीलाई ३४२ मतको अग्रता



अ+ अ-

चैनपुर । बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

गणना अन्तिम चरणमा पुग्दा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रतालाई बढाउँदै लगेका छन् ।

अब साइपाल गाउँपालिकाको १११४ मत गणना गर्न बाँकी हुँदा भण्डारीले ३४२ मतले अग्रता लिइरहेका छन् ।

भण्डारीले ११,१०३ मतसहित अग्रता लिइरहँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०,७६१ मतसहित उनलाई पछ्याइरहेका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१० मत ल्याएका छन् ।