२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव जित्नेमा विश्वस्त छु – सुहाङ



अ+ अ-

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा मतदान जारी छ । बिहान ७ बजेबाट मतदान शुरु भएको हो ।

इलाम २ मा नेकपा एमालेबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले मतदान गरेका छन् । मतदान गरिसकेपछि बोल्दै नेम्वाङले उत्साहको महशुस भइरहेको बताए । उनले निर्वाचनको परिस्थितिले भावुक बनाएको पनि बताए ।

निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्दै भावुक भएको बताए । घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले आफू जित्नेमा विश्वस्त रहेको बताए ।

यस क्षेत्रमा शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन गरिएको छ ।

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् ।