१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विकराल बन्दै डढेलो

विकराल बन्दै डढेलो
अ अ+ अ-

गण्डकी । वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ । सो दिन देशभर गरी तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसमध्ये ५९ डढेलोका घटना संरक्षित क्षेत्रमा भएको उहाँको भनाइ छ ।

“बिहीबारको तथ्याङ्कमा सबैभन्दा बढी प्रभावित जिल्ला प्यूठान देखिएको छ”, वन अधिकृत श्रेष्ठले भन्नुभयो, “संरक्षण क्षेत्रअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र बढी प्रभावित छन् ।” बिहीबार सातवटा संरक्षण क्षेत्र तथा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको विभागले जनाएको छ । वैशाख लागेपछि डढेलोका घटना बढेको वन अधिकृत श्रेष्ठले बताउनुभयो ।

डढेलोको क्षेत्रफल र वनमा पुगेको क्षति भने आकलन बाहिर छ । आगलागी र डढेलोका घटनामा परी ज्यानै जानेसम्मका घटना भएका छन् । विभागका उपमहानिर्देशक दीपक ज्ञवालीले अघिल्लो वर्षको तुलनामा यस वर्ष डढेलोका घटना बढ्ने देखिएको बताउनुभयो । “मध्य वैशाखलाई डढेलोको उच्च जोखिमको समय मानिन्छ”, उहाँले भन्नुभयो, “गत वर्ष देशभर तीन हजार छ सय आसपास ठाउँमा डढेलो लागेको थियो ।”

बर्सेनि औसतमा चार हजार स्थानमा डढेलो लाग्ने गरेको पाइएको उपमहानिर्देशक ज्ञवालीले बताउनुभयो । “दई वर्षअघि झण्डै छ हजार स्थानमा डढेलोको प्रकोप देखिएको थियो, अहिले पनि डढेलो फैलँदो क्रममा छ”, उहाँले भन्नुभयो, “वर्षा नभए जेठसम्मै डढेलोको जोखिम रहन्छ ।”

वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले फागुनदेखि जेठसम्म डढेलोको प्रकोप रहने बताउनुभयो । डढेलोले वन विनाश मात्रै नभई धनजनको समेत क्षति हुने गरेको उहाँको भनाइ छ । “डढेलोको समस्या बिकराल बन्दैछ”, उपसचिव थापाले भन्नुभयो, “लम्बिँदो खडेरीका कारण डढेलो नियन्त्रण बाहिर गइरहेको छ ।” गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको उहाँको भनाइ छ ।

वनजङ्गल, भिरपाखा र खरबारीमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिककै बस्तीलाई समेत असर पारिरहेको उहाँले बताउनुभयो । मानवीय कारणले नै डढेलो लाग्ने गरेको उहाँको भनाइ छ । “करिब ५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापर्वाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ”, उपसचिव थापाले भन्नुभयो, “पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढिरहेको देखिन्छ ।”

आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछन् भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यसले अनियन्त्रित भई डढेलोको रुप लिने गरेको उहाँको भनाइ छ । वन डढेलोका बहुअसर रहेको उपसचिव थापाले बताउनुभयो । “डढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै वातावरणीय प्रदूषण निम्त्याउँछ”, उहाँले भन्नुभयो, “डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका खेलिरहेको हुन्छ ।”

डढेलोले माटाको प्राङ्गारिक तत्व नष्ट हुने, वन्यजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तिने गरेको उहाँको भनाइ छ । डढेलोले भू–क्षय, बाढीजस्ता प्राकृतिक विपद्का घटना पनि बढाउने उपसचिव थापाले बताउनुभयो । बर्सेनि बढिरहेको डढेलोको प्रकोप नियन्त्रणका लागि जनशक्ति र स्रोतसाधनको उचित प्रबन्ध गर्नुपर्ने उपसचिव थापाले बताउनुभयो ।

“परम्परागत तरिकारले मात्र अब डढेलो नियन्त्रणमा लिन कठिन छ, तालिमप्राप्त जनशक्ति र पर्याप्त उपकरण चाहिन्छ”, उहाँले भन्नुभयो, “प्राकृतिक भू–वनोटका कारण पनि नेपालमा डढेलो चुनौतीको विषय बनिरहेको छ ।”

डढेलो लगाउने व्यक्तिलाई कानुनबाट दण्डित गरिए पनि यसमा कमी आउन नसकेको उहाँको भनाइ छ । जनचेतना फैलाउने र प्रचारप्रसारका काम गर्नुपर्ने उहाँले बताउनुभयो । सुक्खायामपूर्व नै डढेलो संवेदनशील क्षेत्रबाट पातपतिङ्गरलगायत जल्ने पदार्थ हटाउनुपर्ने उपसचिव थापाले बताउनुभयो । “वनमा अग्नि रेखाको निर्माण, सरसफाइ जस्ता कार्य नियमित गर्नुपर्छ”, उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि जनसहभागिता जुटाउनुपर्छ ।”

गण्डकी प्रदेश वन निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले डढेलोका घटना नियन्त्रण र न्यूनीकरण सबै पक्षको साझा विषय भएको बताउनुभयो । “बर्सेनि डढेलोका कारण वन क्षेत्रमा ठूलो नोक्सानी हुने गरेको छ, डढेलोले वनजन्तु र पंक्षी मर्ने, उनीहरुको बासस्थान नष्ट हुन्छ”, उहाँले भन्नुभयो, “डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पु¥याइरहेको हुन्छ ।”

नेपालमा मुख्य गरी फागुन–वैशाखमा डढेलोका घटना बढी हुने गरेको उहाँको भनाइ छ । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम, भिरालो भूबनोटजस्ता कारणले पनि डढेलो छिटो फैलने गरेको वन अधिकृत थापाले बताउनुभयो ।

वन व्यवस्थापनलाई चुस्त बनाउन सके डढेलोका घटना नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । “समयमै घाँसदाउरा, स्याउला, सोत्तर वनबाट निकाल्न सके डढेलो लाग्न पाउँदैन, डढेलो नियन्त्रणका लागि तीनै तहका सरकार र जनस्तरबाट समेत प्रभावकारी उपाय अबलम्वन गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “समुदायमा डढेलो सम्बन्धी सचेतना जगाउनुपर्छ ।”

डढेलो नियन्त्रणका लागि जिल्ला र स्थानीय तहमा रहेका डिभिजन वन र सब–डिभिजन वन कार्यालयअन्तर्गत डढेलो नियन्त्रण सञ्जाल क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो । वन कार्यालयहरुले सुरक्षा निकाय, स्वयंसेवक र स्थानीय जनसमुदायसँग मिलेर डढेलो नियन्त्रणका काम गर्दै आएको निर्देशनालयले जनाएको छ । लम्बिँदो सुक्खा यामका कारण यो हिउँदमा डढेलोका घटना अझै बढ्न सक्ने जोखिम रहेको वन अधिकृत थापाले बताउनुभयो ।

डढेलोले निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरुवा तथा बुट्यान सखाप पार्ने गरेको उहाँको भनाइ छ । वन अधिकृत थापाले विद्यालय तहदेखि नै डढेलो नियन्त्रण र वन संरक्षण सीपबारे बालबालिकालाई पढाउनुपर्ने बताउनुभयो । डढेलो लगाउने व्यक्तिलाई बिगो अनुसारको जरिवानासहित तीन वर्षसम्मको कैद हुन सक्ने कानुनी व्यवस्था रहेको उहाँको भनाइ छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले वनको वैज्ञानिक व्यवस्थापन र स्रोत परिचालन नहुँदा पनि डढेलोका घटनाले प्रश्रय पाइरहेको बताउनुभयो । “घाँसदाउरा, स्याउला, सोत्तर लिन मानिसहरु वन जानै छाडे, झाडी सफाइ पनि हुँदैन, जसका कारण डढेलो अनियन्त्रित भई फैलिइरहेको छ”, उहाँले भन्नुभयो, “वन व्यवस्थापन र उपभोगमा राज्यको पनि यथेष्ट ध्यान पुग्न सकेको छैन, वन पैदावर यसै खेर गइरहेको छ ।” रासस