५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

किन कतार जान पाएनन् रूद्रकली र खगेन्द्रप्रसाद ?

किन कतार जान पाएनन् रूद्रकली र खगेन्द्रप्रसाद ?
अ+ अ-

काठमाडौं । नेपालले कतारका अमिर अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएका दुई वटा हात्ती तत्काल नजाने भएका छन् ।

कतारका अमिरलाई उपहार स्वरुप दिन भनेर चितवनमा दुई वटा हात्ती रुद्रकली र खगेन्द्रप्रसादलाई तयारी अवस्थामा राखिएको थियो ।

कानुनी तथा प्राविधिक प्रक्रिया पुरा नभएका कारण नेपालले उपहार स्वरूप दिइने रूद्रकली र खगेन्द्रप्रसाद तत्काल कतार नजाने भएका हुन् ।
कतार पठाउनका लागि नेपालका तर्फबाट सबै तयारी पूरा भए पनि कतारका तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका अमिरसँगै ती हात्ती नपठाइएको हो ।

नेपाल र कतारबीच भएको दुई पक्षीय सहमतिमा पनि हात्ती उपहारको एजेन्डा राखिएको थिएन । कतारबाट प्रक्रिया पूरा हुन बाँकी रहेकाले दुई पक्षीय सहमतिमा यो विषय नसमेटिएको हो ।

हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ । सो महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ । कतारलाई हात्ती दिने विषयमा साइटिसले पनि सिफारिस गर्नुपर्छ ।

वन मन्त्रालयका अनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन । साईटीसबाट कतारले सिफारिस ल्याउनुपर्ने भए पनि त्यसबारे कुनै पहल देखिएको छैन ।