७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलेरो गाडी र मोटरसाइकल जुध्दा झापामा तीन जनाको मृत्यु



अ+ अ-

काठमाडौं । बोलेरो गाडी र मोटरसाइकल आपसमा जुध्दा झापामा तीन जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका ८ मा भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको गाडी एक आपसमा जुध्दा तीनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि विर्तामोडको विएण्डसी अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको हो ।

प्रहरीले मृतकका आफन्तहरु अस्पताल पुगिसकेको र सनाखतको काम भइरहेको जनाएको छ ।