१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सत्ता गठबन्धनलाई दिगो र परिणाममुखी बनाउने एमाले परिषद् बैठकको निष्कर्ष

सत्ता गठबन्धनलाई दिगो र परिणाममुखी बनाउने एमाले परिषद् बैठकको निष्कर्ष
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले वर्तमान सत्ता समीकरणलाई दिगो, परिणाममुखी र सफल बनाउने सङ्कल्प गरेको छ ।

बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलपछि तयार गरिएको निष्कर्षमा मुलुकमा स्थिरता र राष्ट्रियताको संवद्र्धनका  लागि सत्ता समीकरणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यसका विरुद्ध हुने कुनै पनि चलखेल र षड्यन्त्र चिर्न आह्वान गरेको बैठकपछि सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।

उहाँले गत फागुन २१ गते निर्मित यस गठबन्धनप्रति सन्तोष व्यक्त गर्दै गठबन्धनमा संलग्न पाँच दलले जारी गरेको साझा न्यूनतम् कार्यक्रमलाई अघि बढाउन जोड दिएको बताउनुभयो ।

बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल भएको थियो ।