१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गर्ने

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गर्ने
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गर्ने भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आज सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमाले पार्टीका पूर्वउपाध्यक्ष रहनुभएको भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५औँ बर्ष (हीरक महोत्सव)का अवसरमा यही वैशाख १० गते हुने विशेष समारोहमा उक्त सम्मान पूर्वराष्ट्रपति भण्डारीलाई प्रदान गरिने छ ।

नेता भट्टराईका अनुसार आजको परिषद् बैठकको अध्यक्षता गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हीरक महोत्सवमा मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउनु भएको, राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजना रहेको र सो योजनाअनुसार पार्टीका पूर्वउपाध्यक्ष एवम् दुई–दुईपटक गणतन्त्र नेपालको निर्वाचित भएको व्यक्ति पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सर्वसम्मतिमा पारित गर्ने निर्णय गरेको थियो ।

एमालेले कम्युनिष्ट पार्टी स्थापना भएको अवसरमा विशेष समारोहको आयोजना गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनुभएको छ ।

महोत्सवमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुले सम्बोधन गर्नुहुने जनाइएको छ ।