१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

महिन्द्र राय यादवको आरोपः बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो

महिन्द्र राय यादवको आरोपः बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो
अ अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि एकताको विपक्षमा उभिएको आरोप लगाउनुभएको छ ।

शनिवार पार्टीले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अर्का अध्यक्ष डा. भट्टराईले राष्ट्रपतिको पद प्राप्त नगरेपछि माओवादी केन्द्रसँग एकताको विपक्षमा उभिएको बताउनुभएको हो । उहाँले भट्टराईले राष्ट्रपति पद मागेको खुलासा गर्नुभएको हो । आफूले राष्ट्रपति नपाएपछि पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन विभिन्न नेताकहाँ दौडधुप गरेको र सो पनि नपाएको यादवले बताउनु भयो ।

अन्तिममा पत्नी यमीको लागि गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य मागेको र सो पनि नपाएपछि एकता हुन नसकेको उहाँले बताउनु भयो । अध्यक्ष यादवले भट्टराईले राष्ट्रपति पद पाएको भए १५ दिन भित्रमा पार्टी एकता भइसकेको हुने जिकिर गर्नुभयो । उहाँले बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिएको र परिवारवादमा फसेको आरोप लगाउनु भयो । उहाँले बाबुराम भट्टराई अधिक लोभि, पापी बनेको पनि बताउनु भयो । उहाँले भट्टराईलाई आफ्नो परिवारका लागि समाजवाद चाहिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘डा. बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिने काम गरेको छ । उहाँलाई मैले चुनाव लड्नुस् भनेको थिएँ । उहाँले म लड्दिन भन्नुभयो । म आफ्नो छोरीलाई काठमाडौंमा चुनाव लडाउँछु भन्नुभयो । उहाँले यहाँ उनको नानीको घर हो, नेवार समुदाय हो । सबैले भोट दिन्छ भन्नुभयो । मैले ठिक छ भने । तपाईको छोरी जित्यो भने राम्रो हो । डा. सापले प्रचण्डलाई लिएर जानुभयो । उहाँले प्रचण्डजीलाई हसिँया हथौडामा भोट दिनुस् । हाम्रो एकता गर्ने सहमती भइसकेको छ । चुनावपछि पार्टी एकता गर्छौ भनेर बाबुरामले गोरखामा भन्नुभएको हो । आज उहाँले गोरखाका जनतालाई जवाफ दिनुपर्ने हुन्छ ।

हामीलाई आरोप लगाउनुहुन्छ, सांसद, मन्त्री खानका लागि । त्यो वास्तवमा होइन । म भन्न चाहन्छु, डा. साप नेपाली जनताको बीचमा खडा हुनुपर्दछ अब । उहाँलाई राष्ट्रपति बनाइदिएको भए, उहाँको राष्ट्रपतिको प्रस्ताव थियो । यो पार्टी १५ दिनमा एकता हुन्थ्यो । बन्न सक्नुभएन । मलाई थाहा छ । डा. सापले मलाई भन्नुभयो, राष्ट्रपति भएन हिसिला यमीको लागि उपराष्ट्रपतिको लागि कुरा गर्न जाऔँ । मैले कुरा गरेको छु प्रचण्डसँग । मैले डा. सापलाई भनेँ, तपाई पनि हिँड्नुस्, प्रचण्डजीले भन्नुभयो मैले उपराष्ट्रपति जनता समाजवादीलाई दिएँ । डा. साप विचलित हुनुभयो । अनि मलाई भन्नुभयो, फलानो नेताकोमा जाऔँ । म सबै नेताकोमा गएँ । लास्टमा मैले भने छोडिदिनुस् यो अभियान ।

मैले भने पार्टी दर्ता नगर्नुस् तपाई, यो राष्ट्रिय सभाको चुनावमा हाम्रो पार्टीको भोट भनेको ४५ हो । नगर्नुस् । दर्ता गराईदिनु भयो । प्रचण्डजीकहाँ गएर उहाँले माग्नुभयो, गण्डकी प्रदेशबाट मेरो श्रीमतीको लागि एउटा सिट दिनुस् । यो राजनीतिक पार्टी उहाँको पारिवारिक जस्तो भयो । आफू, श्रीमति, बुहारी, छोरी सबैको लागि राजनीति गर्न सकिन्छ ? अनि प्रचण्डजीले मलाई सोध्नुभयो, कसरी तपाई दिनुहुन्छ ? पार्टी एकता गराउनुस्, बाबुरामले जे–जे भन्छ सबै दिनुस् । पार्टी एकता बिना केही नदिनुस् मैले भनेको प्रचण्डजीलाई । यथार्थ कुरा यही हो । सच्चाइ यही हो । लुकाउनुपर्ने कुरा होइन । अनि हामीलाई चाहीँ मुद्दा लगाउने, हामीलाई चाहीँ लोभी, पापि बनाउने ? यो देशमा हामीभन्दा बढी लोभि, पापी बाबुराम भट्टराई हो । म प्रमाणित गर्नसक्छु । अनि बाबुरामले हामीलाई भन्न मिल्छ ?’

अध्यक्ष यादवले डा. भट्टराईसँग लामो समयसम्म सहकार्य गर्ने गंगानारायण श्रेष्ठ, बुहारी दुर्गा भट्टराई र विश्वदीप पाण्डेसमेत उहाँसँग नभएको भन्दै यसले आधिकारिक नेसपा आफूहरुको भएको प्रष्ट पारेको बताउनु भयो । उहाँले मधेस आन्दोलनको मागलाई पूरा गर्नका निम्ति माओवादी केन्द्रसँग एकता गर्न लागेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले नेकपा(समाजवादी) नाम राख्ने शर्तमा त्यो चुनाव चिन्ह लिएको हो । माओवादीको जनयुद्ध नभएको भए, पूरक रुपमा जनजाति, थारु, दलित आन्दोलन नभएको भए यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन । हाम्रो लागि यो देशमा संघीयता र लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षता, समावेशी, समानुपातिक यि चारवटा विषय हेर्ने दृष्टिकोणमा नेपाल समाजवादी पार्टी सबभन्दा नजिकको मित्र शक्ति भनेको नेकपा(माओवादी केन्द्र) नै छ ।

नेकपा(माओवादी केन्द्र)सँग एकता गर्ने उद्देश्य महान हो । नेसपाले मधेस आन्दोलनको मागलाई पूरा गर्नको निम्ति एकताको प्रक्रिया अगाडी बढाएको हो । गंगा श्रेष्ठ मन्त्रीजी, ३५ वर्षको सम्बन्ध किन छोड्नुभयो ? दुर्गा भट्टराईजी उहाँको पारिवारिक सदस्य र उहाँको परिवारिक सदस्य जस्तै विश्वदीप पाण्डेले आज उहाँलाई छोडिसकेपछि यो नेपाल समाजवादी पार्टीले(आफ्नो पक्षले) लिएको बाटो ठिक छ भन्ने प्रमाणित भएको छ ।’

अध्यक्ष यादवले बाबुराम वामपन्थी विचारबाट भाग्दाखेरी केशरजंग रायमाझी जस्तै हुन पुगेको बताउनु भयो ।