१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन

गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गर्नुभएको छ ।

शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गर्नुभयो । उहाँले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताउनु भयो ।

चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताउनु भयो । उहाँले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताउनु भयो । उहाँले चुनाव अघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताउनु भयो । इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति भल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताकोअघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु । मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको । चुनावको अगाडि गठबन्धन जनतालाई धोका हो । चुनावको अघिको गठबन्धन बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो ।

त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ । चुनाव अघिको गबठन्धनले हाम्रो राजनीतिलाई विकृत बनाएको छ । आज इलामले सिंगो देशलाई गुन लगाउने बेला आएको छ । एउटा अवसर आएको छ । यो ठाउँबाट नेपालमा गठबन्धनको राजनीति चल्दैन, बिक्दैन भनेर नेता र पार्टीलाई सन्देश दिने बेला आएको छ ।’

महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको बताउनु भयो ।