२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र नेपाली काँग्रेसको शक्ति बिस्तारलाई विवेचनायोग्य घटनाको रुपमा चित्रण गर्नुभएको छ ।

शनिवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रियतावादी शक्तिको रुपमा र नेपाली काँग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिको रुपमा उल्लेख गर्दै ती दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति बिस्तार नयाँ र विवेचनाको विषय भएको बताउनु भयो ।

उहाँले संविधानका मुल विषयमा अस्पष्ट र असहमत रहनेहरुको संख्या निर्वाचनपछि प्रतिनिधि सभामा उल्लेख्य भएकाले मुलुकमा राजनीतिक अस्थिरता झनै बढेर गएको निष्कर्ष पनि सुनाउनु भयो । ओलीले निर्वाचन परिणामकै कारण आज मुलुकले ठूलो मूल्य चुकाउनु परेको उल्लेख गर्दै राष्ट्र र जनताको पक्षमा काम गर्न एमालेले सकारात्मक शक्तिहरुलाई साथमा लिएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन परिणामले सृजना गरेको प्रतिकुलताको मूल्य आज राष्ट्रले नै चुकाउनु परिरहेको छ । निर्वाचनपछि निर्माण भएकोशक्ति सन्तुलन राष्ट्र र जनताको हितमा अनुकूल बन्न सकेन । मुलुकलाई राजनीतिक स्थिरता आवश्यक थियो । तर प्रतिनिधिसभामा एक दर्जन दलको उपस्थिति र संविधानका मुख्य विषय अस्पष्ट र असहमत रहनेहरुको उल्लेख्य संख्याले राजनीतिक अस्थिरताको सम्भावना झनै बढायो । बलियो राष्ट्रिय शक्ति निर्माणको जनचाहनामा प्रतिकूल प्रभाव प¥यो । राजनीतिक स्थायित्व, सुशासन एवं समाजवाद उन्मुख राज्य निर्माणको अभियानमा चुनौति थपिए । निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रुपमा रहेका छन् ।

यस बीचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यवसायिक क्षेत्रमा संकट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं शुसासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ । यसैस्थितिले सृजना गरेको असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ । उनीहरुले यस्ता समस्यालाई उजागर र उपयोग गर्न त सक्छन् । तर उनीहरुसँग यसको समाधान भने छैन ।’

ओलीले लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनैपनि खालको निरंकुशता हुनै नसक्ने पनि बताउनु भयो ।