२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद बैठक शुरु भएको छ ।

शनिवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो परिषद् बैठकको औपचारिक रुपमा शुभारम्भ गर्नुभएको हो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गरी छोड्ने दृढता व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले पार्टीको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो ।

यसपछि महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेश गर्नुहुनेछ । बैठकमा केन्द्रिय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधिहरु सहभागी भएको एमालेले जनाएको छ ।