१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा
अ अ+ अ-
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी पूरा भएको छ ।
ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा महाधिवेशन परिषद् सदस्य दुई हजार ७३ र तीन सय ८१ जना गरी कूल दुई हजार चार सय ५४ जना सहभागी हुनेछन् ।
परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ । यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रुपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गरी निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
एमालेलाई कसरी अगाडि बढाउने निर्क्यौल गर्ने र राष्ट्रिय राजनीतिलाई सही दिशामा अगाडि बढाउने सन्दर्भमा पनि बैठक महत्वपूर्ण हुने उहाँको भनाइ थियो । उहाँले मुलुकको ओरालो यात्रालाई रोकेर मुलुकलाई सकारात्मक दिशा दिने प्रयत्नको संश्लेषण परिषद्को बैठकबाट गर्ने बताउनुभयो । “मुलुकलाई अगाडि बढाउने निष्कर्ष परिषद् बैठकबाट गर्ने छौँ,” उहाँले भन्नुभयो, “महाधिवेशन यताको समग्र कामको समीक्षा गरिनेछ ।”
बैठकमा मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्याङ सङ्कल्पयात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने महासचिव पोखरेलले बताउनुभयो । उहाँका अनुसार परिषद् बैठकमा यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरुको  कार्यविभाजनको पनि समीक्षा गरिनेछ । वार्षिक कार्ययोजनालाई आगामी दिनमा परिषद् बैठकका निष्कर्षले महत्वपूर्ण भूमिका खेल्ने छन्,” उहाँले भन्नुभयो । कसरी व्यवस्थित गर्ने खालको निष्कर्षका साथै साङ्गठनिक कामको समीक्षामार्फत निकाल्ने उहाँको भनाइ छ । “एमालेलाई बलियो र निर्णायक शक्तिका रुपमा स्थापित गर्ने कुरा
महासचिव पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभयो । “एमाले बलियो छ तर पर्याप्त छैनौँ । हामी अरूभन्दा ठूला त छौँ तर राष्ट्रिय आवश्यकता पूरा गर्ने अवस्थामा पुगिसकेका छैनौँ”, उहाँले भन्नुभयो, “पहिलो पार्टी हुनुमात्र पर्याप्त हुँदोरहेनछ । राष्ट्रिय आवश्यकता पूरा गर्ने हिसाबले बलियो र निर्णायक बन्नु जरुरी रहेछ । बलियो र निर्णायकले नै अस्थिरता अन्त्य गर्न सक्दछ ।”
उहाँले अहिलेको सरकारले राम्रो काम गरे सरकारलाई निरन्तरता दिन तयार रहेको बताउनुभयो । महासचिव पोखरेलले गणतन्त्रको सुदृढीकरण, लोकतन्त्रलाई संस्थागत विकास गर्ने सवालमा सधैँभरि सत्ता र प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो ।
परिषद् बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हुनेछ । एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ ।
हीरक महोत्सव मनाइने
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको ७५ वर्ष पूरा गरेको अवसरमा पार्टीले हीरक महोत्सव मनाउने भएको छ । यही वैशाख १० गते सभाहलमा नै एक विशेष समारोहको आयोजना गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
उहाँका अनुसार महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुले सम्बोधन गर्नुहुनेछ । उक्त हीरक महोत्सवमा गणतन्त्र गौरव सम्मानबाट एकजना विशिष्ट व्यक्तिलाई सम्मान गर्ने उहाँले जानकारी दिनुभयो ।