१२ श्रावण २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा उपाध्यक्ष दावा लामा छुटे



अ+ अ-

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै बुधबार पक्राउ परेका अखिल नेपाल फुटबल संघ(एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाडेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेको थियो ।

लामालाई ५ वर्ष कैद सजाय भएको र ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

लामाले आफूसँग स्टे अर्डर भएको प्रमाण प्रस्तुत गरेको बताइएको छ । पुनरावेदनको विषयलाई लिएर अदालतले छाडेको स्रोतले जानकारी दियो ।