• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   थलीमा मृत भेटिएका नगरकोटीका छोरा फर्पिङमा घाइते अवस्थामा फेला ★   उपेन्द्र यादवको दुवै रिट पेशीमा ★   कार्यदलको बैठक निष्कर्षविहीन ★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई ★   माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर ★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्: अध्यक्ष नेपाल ★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ

सुहाङलाई मत माग्दै ओलीले भन्नुभयोः देश बनाउने युवा हुन्, जिताउनुस्



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई मतदान गर्न आह्वान गर्नुभएको छ ।

बुधवार इलामको मंगलवारे बजारमा आयोजित चुनावी सभामा बोल्दै उहाँले देश बनाउने संकल्प बोकेर हिँडेका सुहाङ इलामेली जनताको साझा उम्मेदवार भएकाले उसैलाई जिताउनुपर्ने बताउनुभएको हो । अध्यक्ष ओलीले देश बनाउने योजना, गन्तव्य र उद्देश्य सुहाङसँग रहेको र त्यसलाई साकार पार्ने एमाले पार्टी भएको जिकिर पनि गर्नुभयो । सुहाङले इलाम बनाउने अवसरको रुपमा सांसद पदलाई उपयोग गर्न चाहेकाले पनि इलामेली जनताले मतदान गरेर निर्वाचनमा अत्याधिक मतका साथ विजयी गराउनुपर्ने उहाँको भनाई थियो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देश बनाउन भन्ने संकल्प बोकेर हिँडेको युवा व्यक्तित्व, एक्लै देश बन्दैन । बिना योजना, विना उद्देश्य, बिना गन्तव्य देश बन्दैन । गन्तव्य बोकेर, उद्देश्य बोकेर हिँडेको युवा भनेर मैले सुहाङ नेम्वाङलाई भने । किनभने गन्तव्य भएको, कहाँ पुग्ने हिँडेको भन्ने थाहा भएको, देश बनाउने संकल्प बोकेको सांसद हुने मात्रै उद्देश्य होइन । सांसद हुने भनेको त काम गर्ने एउटा अवसर हो । माध्यम हो । देश बनाउने उद्देश्य बोकेको युवा उम्मेदवार हुन सुहाङ ।’

अध्यक्ष ओलीले अन्य दलका उम्मेदवारमा देश बनाउने योजना र संकल्प दुवै नभएको दावी समेत गर्नुभयो ।