९ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा भेरोशिल खोप कार्यक्रम स्थगित



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाले भेरोशिल खोप उपलब्ध नभएकाले हाल यो खोपको बुस्टर डोज कार्यक्रम स्थगित गरिएको जनाएको छ । 

महानगरपालिकाले विज्ञप्ति जारी गर्दै यही माघ १४, १६ र १७ गते ६० वर्षमाथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) लगाउने कार्यक्रम भए पनि नेपाल सरकारबाट भेरोशिल खोप उपलब्ध नभएकाले सो खोप लगाउने कार्यक्रम हाललाई स्थगित गरिएको जनाएको छ । 

कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको छ महिना पूरा भएका ६० वर्षमाथिका व्यक्तिलाई आ–आफ्नो वडामा सम्पर्क गरी यसको बुस्टर डोज लगाउन महानगरपालिकाले अनुरोध गरेको छ ।