१४ मंसिर २०८१, शुक्रबार
,
Latest
आचार संहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण एनपिएल उद्घाटन खेलको पासका लागि फोन वा म्यासेज नगर्न पारस खड्काको आग्रह राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य उपनिर्वाचनः चुनावको भोलिपल्टै सबै ठाउँको नतिजा आउने रजनीकान्तकी छोरी ऐश्वर्या र धनुषको डिभोर्स प्रधानमन्त्री ओली लुम्बिनीमा बागमती नदीमा छाडियो मेलम्चीको पानी इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते भारतीय डन लरेन्स विश्नोईको नाममा धम्क्याएको आरोपमा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख १ गतेदेखि भगवानबहाल बाहेक ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने



अ+ अ-

काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ ।

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज पत्रकार सम्मेलन गरी ठमेलको भगवानबहाल क्षेत्रमा स्थानीय बसोबास गर्दै आइरहेकाले सो क्षेत्रलाई छाडेर अन्य क्षेत्र २४ सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलभित्र रोजगारी सृजना गर्दै व्यवसायलाई चलायमान बनाउनका लागि ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । “जिल्ला प्रशासन कार्यालय काठमाडौँको आचारसंहिता बमोजिम कानुनको परिधिमा रहेर ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।

अध्यक्ष शर्माले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुलाउन स्थानीय, प्रदेश र केन्द्र सरकारका सुरक्षा निकायसँग सहकार्य गरिसकेकाले ढुक्क भएर व्यापार व्यवसाय गर्न सबै व्यवसायीलाई आग्रह गर्नुभयो । ठमेलभित्र आठ हजार पाँच सय व्यवसायी र ६० हजार बढीले रोजगार पाएको उहाँको भनाइ छ ।

दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जय अधिकारीले ठमेल र दरबारमार्ग क्षेत्रलाई स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउन २४ सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले दरबारमार्गलाई लामो समयदेखि २४ सै घण्टा खुलाउन प्रयास गरे पनि उक्त प्रयासले भर्खर मात्र सार्थकता पाएको बताउनुभयो । महेन्द्र शालिकबाट नारायणहिटी दरबार सङ्ग्रहालयसम्म खुला हुने दरबारमार्गमा दुई सय व्यवसायी र छ हजार व्यक्तिले रोजगार पाएको उहाँको भनाइ छ । सहरको वातावरणलाई पर्यटकको अनुकूल बनाउँदै जानसके मात्र लगानी अनुरुप प्रतिफल प्राप्त गर्न सकिने पत्रकार सम्मेलनमा बताइएको छ ।

ठमेल र दरबारमार्गबाट सुरु भएको २४ घण्टा सञ्चालन गर्ने अभियानलाई विस्तारै देशका विभिन्न सहरमा लगिने विश्वास उहाँले व्यक्त गर्नुभयो । रासस