२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट ह्याममाथी जित हाँसिल गर्दै लिभरपुल लयमा फर्कियो



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा आइतबार मोहम्मद सलाहले गरेको दुई गोलमा लिभरपुलले वेस्ट ह्याममाथी ३–१ को जित हाँसिल गरेको छ । यो नतिजापछि क्लब तेस्रो स्थानमा उक्लिन पनि सफल भएको छ । इजिप्टका फरवार्डले लिगका सात खेलयता गोल गरेको यो पहिलोपल्ट हो । लिभरपुलको अब ४० अंक भएको छ । उसले चार दिनको अन्तरमा लन्डनमा जितेको यो लगातार दोस्रो खेल हो ।

लिभरपुलले यससँगै शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दूरी पनि चार अंकमा छोट्याएको छ । सिटीले एक खेल कम खेलेको छ । अब आइतबार यी दुई टिम लिगमा भिड्नेछन् ।

आइतबारका अन्य खेलमा ब्राइटनले टोटनहमलाई १–०, लिड्सले लेस्टर सिटीलाई ३–१ र चेल्सीले बर्नलीलाई २–० ले पराजित गरेका थिए । हारसँगै लेस्टर ३९ अंकसाथ चौथो स्थानमा झरेको छ ।