१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्छ: सचेतक थिङ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले संसद अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक थिङले नेपाली काँग्रेसले एक महिना अघिदेखि संसदीय छानविन समिति गठनको माग गरेपनि सरकारले बेवास्ता गरेको बताउनु भयो । उहाँले आफुहरुको कुरा सुनुवाई नभएका कारण संसद अवरुद्ध गर्न बाध्य भएको भन्दै यसको अपजस सरकारले लिनुपर्ने बताउनु भयो । उहाँले संसदीय छानविन समिति बनाउनका लागि प्रमुख प्रतिपक्ष दलको रुपमा सरकारलाई खबरदारी गर्नु काँग्रेसको गल्ती भयो ? भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सहकारी प्रकरणमा संसदीय छानविन समिति गठनको माग राखिरहेका छौँ । पर्सि एक महिना पुग्छ । एक महिनासम्म हामीले माग गर्दै गर्दा सरकारले छानविन समिति गठन नगरेको कारणले हामी बाध्य भएका हौँ । यसको सम्पूर्ण जस, अपजस सरकारमा भर पर्छ । एक महिनासम्म सरकार के हेरेर बस्छ ? सरकारलाई हामीले सूचना दिएका होइनौँ ? सरकारमा खबरदारी गरेका होइनौँ ? यो भन्दा खबरदारी के दिने ? सरकार अनदेखा गरेर बस्छ भने सरकारलाई हामीले यति भन्दा के प्रतिपक्षको गल्ती भयो ? खबरदारी गर्नु काँग्रेसको गल्ती भयो त ?’

उहाँले नेपाली काँग्रेसले ०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पती छानविनका लागि संसदमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि संसद सुचारु भएपछि जहिले छलफल गरेपनि हुने बताउनु भयो ।