२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

६ महिनामा आइएमई जनरलको नाफा १२५ प्रतिशतले बृद्धि

६ महिनामा आइएमई जनरलको नाफा १२५ प्रतिशतले बृद्धि
अ अ+ अ-

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नाफा १२५ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुदनाफा भएको हो । 

यसैअवधिमा अघिल्लो वर्ष कम्पनीले ६ करोड ६५ लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २७ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ९४ पैसा छ । 

त्यसैगरी दोस्रो त्रैमाशसम्म आइपुग्दा आइएमईको खुद बिमा शुल्क आम्दानी पनि बढेको सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले गत वर्ष ३० करोड ६२ लाख ६६ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकामा अहिले बढेर ३६ करोड ३९ लाख रुपैयाँ पुगेको जनाएको छ । अघिल्लो वर्ष बिमा कोषमा २८ करोड ४३ लाख थियो । बिमा कोषको आकार ५३.१० प्रतिशतले बढेर ४३ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ८ करोड १८ लाख रुपैयाँ छ । साथै जगेडा कोषमा २८ करोड ८७ लाख ८९ हजार रुपैयाँ जम्मा भएको छ ।