५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् ।

कार्यसूची अनुसार बैठक अगाडि बढाउन सहयोग गर्न सभामुखले आग्रह गर्दा पनि ती दल तयार नभएपछि वैशाख २ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको बैठकमा विशेष समयपछि कांग्रेस र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको छ ।