१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

सृजनाले रङ्गियो ‘नेपाल–भारत सम्बन्ध’

सृजनाले रङ्गियो ‘नेपाल–भारत सम्बन्ध’
अ अ+ अ-

काठमाडौँ । काँकडभिट्टा बस्ने कलाकार तेटेन शेर्पा नेपाल र भारतमा कला सृजना गर्दै आउनुभएको छ । उहाँ नेपाल र भारतका कलाकारका लागि सम्बन्ध सेतु नै बन्नुभएको छ ।

बेलाबेलामा भारतमा जानुहुन्छ चित्र सृजना गर्नुहुन्छ फेरि नेपाल आउनुहुन्छ र सृजना गर्नुहुन्छ । यसरी जाँदा आउँदा उहाँलाई नेपाल र भारतका भूगोल, संस्कृति, रहनसहन, मानिसको अनुहार, वेशभूषा एकै लाग्छन् ।

शेर्पाले भारतीय कलाकारसँगै काठमाडौँ आएका बेला नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी कला प्रदर्शनीका क्रममा ‘सम्बन्ध’ विषयमा चित्र सृजना गर्नुभयो । उहाँले आफ्नो मावली घर भारतको दार्जिलिङ भएकाले मेची नदीलाई बीचमा पारेर दुई देशको दृश्य कैद गरी आपसी सम्बन्धलाई प्रस्तुत गर्नुभएको थियो ।

“मैले दुई देशको सम्बन्ध देखाउन खोजेको हुँ । माओली घर भारतको दार्जिलिङ हो । त्यसैले मेचीलाई साक्षी राखेर नेपाल र भारतको दृश्यचित्र कैद गरेको छु”, शेर्पाले भन्नुभयो । आफ्नो र मावली घरको सम्बन्ध कस्तो हुन्छ, त्यस्तै सम्बन्ध नेपाल र भारतबीचको छ भन्ने कुरा पस्कन खोजेको उहाँले बताउनुभयो ।

कार्यशालामा अर्का कलाकार डिबी राईले कार्यक्रम अनुसार कै विषयमा चित्र सृजना गर्नुभयो । उहाँले आदिवासी किराँत संस्कृतिलाई प्रस्तुत गर्नुभयो । जुन नेपाल र भारतमा छ । राई लिम्बूको संस्कृति नेपाल र भारतको सिक्किम, दार्जिलिङमा पनि छ । खर्साङ कालिङपोङमा पनि उस्तै छ ।

उहाँले सृजनामा किराँतेश्वरको मूर्तिलाई आधार बनाएर ‘फ्युजन’ गर्न खोजेको बताउनुभयो । गरिएको छ । राईले भन्नुभयो, “एकै भाषा र संस्कृति भएपछि सम्बन्ध यसै बलियो हुने नै भयो, मेरो सृजनाले पनि त्यही भन्छ ।”

अर्का कलाकार एनबी गुरुङले अमूर्त चित्र सृजना गरी दुई देशबीच सदिऔँदेखिको भाइचारा र आत्मिय सम्बन्धलाई प्रस्तुत गर्नुभयो । भारतका कलाकारको नेतृत्व गर्दै आउनुभएकी दीपा राईले महिलालाई विम्ब बनाएर दुई देशको आपसी भाइचाराको सम्बन्धलाई प्रस्तुत गर्नुभयो ।

कार्यशालामा सम्बन्धलाई फरकफरक दृष्टिकोणबाट भारतीय कलाकारहरु पासाङ शेर्पा, कमल खालिङ, धीरज प्रधान, सागर सुब्बा, विमला प्रधान, विके सुब्बा, कृष्ण राई, छेन्डुप लेप्चा, विकास सुब्बा, टीका प्रधान, रिचर्ड जी लेप्चा, टेसेटेन शेर्पाले जलरङका माध्यमबाट क्यान्भास सजाउनुभयो ।

उहाँहरुलाई नेपाली कलाकारले साथ दिनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा नेपाल र भारतका कलाकारको सहभागितामा सम्बन्ध शीर्षकमा तीनदिने कला कार्यशाला र प्रदर्शनी आयोजना गरेको छ ।

कार्यशालाका क्रममा आज कलाकारहरु भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा पुगेका छन् । कला र सृजनाका माध्यामबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो । उहाँले कलाको भाषा वा सीमा नहुने अमूर्त सम्बन्ध जस्तै हुने बताउनुभयो ।

हार्तम्छालीले सृजनालाई राजनीतिक सीमाले कहिल्यै नछेक्ने हुँदा सृजनाको भाषा विश्वमै अब्बल हुने बताउनुभयो । उहाँका अनुसार कार्यशाला र प्रदर्शनीमा १३ भारतीय र २२ नेपाली कलाकार सहभागी छन् । उनीहरुले बनाएका सृजनाहरु नक्सालमा आज पनि प्रदर्शन भइरहेको छ । मुख्यगरी भारतको सिक्किम, दार्जिलिङ र कालिङपोङका कलाकार यहाँ आएका छन् । रासस