काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार रु ६०० घटेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १३८० रुपैयाँमा मंगलबार कारोबार भएको चाँदी बुधबार घटेर १३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।








