११ असार २०८३, बिहीबार
,
Latest
श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय अपराध कसुरमा पक्राउ



अ+ अ-

काठमाडौँ । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई साथी बनाई सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका–७ बस्ने ३१ वर्षीय मुक्ति खनाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

उनले म्यासेन्जरमा कुराकानी गरी ललाई फकाई, धाकधम्की र प्रलोभनमा पारी महिलाको नग्न तस्वीर र भिडियो प्राप्त गरी निज महिलाका आफन्तलाई सार्वजनिक गरिदिने धम्की दिएको ब्यूरोले जनाएको छ ।

वैदेशिक रोजगारीबाट फर्कने क्रममा आज विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा ब्यूरोले उनलाई पक्राउ गरेको हो । खनालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिनुभयो ।