२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनः नेम्वाङ र खड्काको चुनाव जित्ने दाबी



अ+ अ-

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

शनिवार दिउँसो उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली काँग्रेसबाट डम्बर खड्का, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गर्नुभएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलामवासीको मायाका कारण आफ्नो जित निश्चित रहेको बताउनु भयो ।

उहाँले नयाँ ढंगले प्रचारप्रसार गर्ने बताउनु भयो । उहाँले बिना गाली गलौज र टिकाटिप्पणी बिना प्रचारप्रसार गर्ने बताउनु भयो । सबैजना सक्षम र अब्बल रहेकाले आफ्नो शतप्रतिशत दिएर काम गर्ने बताउनु भयो । उहाँले पिता स्व. सुवासचन्द्र नेम्वाङले गरेका कामहरुको पदचाप पछ्याउँदै झनै राम्रो गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले आफूले इलाममा गरेको सामाजिक कार्यहरु हेरेर भोट दिन आग्रह गर्नुभयो । उहाँले आफूले नेपाली काँग्रेसमा २०३९ सालदेखि काम गरिरहेकाले पनि भोट दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले गठबन्धन ठूलो कुरा नभएको बताउँदै आफूलाई जनताले निर्वाचित गर्नेमा विश्वस्त रहेको बताउनु भयो ।

इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।