१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व
अ अ+ अ-

भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पिस म्याराथनको सबै पुरस्कार नेपाली धावकले जितेका छन् । नेपाल, चीन, पाकिस्तान र श्रीलङ्काका धावकहरु सहभागी म्याराथनमा पुरुषतर्फको म्याराथनको उपाधि बाग्लुङका तीर्थ पुनले जित्नुभएको छ । पुनले निर्धारित ४२ दशमलव एक सय ९५ किलोमिटरको दूरी दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गर्दै स्वर्ण पदकसँगै नगद रु पाँच लाख प्राप्त गर्नुभयो ।

सोही दूरी दुई घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्काले द्वितीय स्थान हासिल गर्नुभयो । उहाँले नगद रु तीन लाख पुरस्कार प्राप्त गर्नुभयो । कर्णालीका दुर्गाबहादुर बुढाले दुई घण्टा २२ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान प्राप्त गर्नुभयो । उहाँले रु दुई लाख प्राप्त गर्नुभयो ।

प्रतियोगितामा अनिस थापा चौथो (रु एक लाख हजार), किरण बोगटी पाँचौँ (रु ८० हजार), सुशीलकुमार शाही छैटौँ (रु ६० हजार), होमलाल श्रेष्ठ सातौँ (रु ४० हजार), जुनेश खड्का आठौँ (रु २० हजार), राजन चौधरी नवौँ (रु १० हजार) र प्रकाश गैरेले दशौँ स्थान (रु पाँच हजार) हासिल गर्नुभयो ।

अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत महिलातर्फको २१ किलोमिटरको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जित्नुभएको छ । श्रेष्ठले निर्धारित उक्त दूरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो । त्यस्तै, नेपाली सेनाको पूर्णराज्यलक्ष्मी न्यौपानेले एक घण्टा १९ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान र एपिएफकी पुष्पा भण्डारीले एक घण्टा २५ मिनेट १४ सेकेन्ड लिँदै तेस्रो स्थान हासिल गर्नुभयो ।

विजेता श्रेष्ठले रु दुई लाख, न्यौपानेले रु एक लाख ६० हजार तथा भण्डारीले रु एक लाख २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुभयो । पाँच किलोमिटरको विद्यालय छात्रातर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुना द्वितीय र भुमा चौधरी तृतीय हुन सफल हुनुभयो । छात्रतर्फ उमेश बरई प्रथम, सन्देश पाण्डे द्वितीय र आशिषकुमार क्षेत्रीले तृतीय स्थान हासिल गर्नुभयो ।

खुला पाँच किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कलबहादुर पाल द्वितीय र गणेशसिंह राउत तृतीय हुनुभयो । पाँच किलोमिटर दौडको महिलातर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्वितीय र निर्मला केसी तृतीय हुनुभएको थियो । पाँच किलोमिटरको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशस् जनही रु १५, रु १० र रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थलमा सामान्य वाकाथुन हुँदै सुरु गरेको लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट म्याराथन हुने कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो । लुम्बिनीमा आयोजना भएको अन्तर्राष्ट्रिय म्याराथनको छुट्टै महत्व रहेको जनाउँदै खेलका माध्यमबाट पर्यटन एवं लुम्बिनीको प्रवर्द्धन हुने उहाँको भनाइ छ ।

“यस पटकदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाल ओलम्पिक कमिटीसँगै, नेपालस्थित चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड र लुम्बिनी प्रदेश खेलकुद परिषद्ले पनि हातेमालो गरेको हुँदा म्याराथनको गरीमासँगै प्रचार पनि भएको छ”, श्रेष्ठले भन्नुभयो ।

लुम्बिनी स्क्वायरबाट सुरु भई भैरहवासम्म आएर पुनः लुम्बिनी स्क्वायरमा आएर दौड टुङ्गिएको थियो । लुम्बिनीबाट भैरहवा एसओएससम्म र त्यहाँबाट पुनः लुम्बिनी पुगेर टुङ्गिने गरी लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको रुट तय भएको थियो । ४२ दशमलव एक सय ९५ मिटर दूरीको म्याराथनको दूरी प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय संस्था एम्स (एसोसिएसन अफ इन्टरनेसनल म्याराथुन एन्ड डिस्टेन्स रेसेज) का प्रतिनिधि आएर मापन गरेको थियो ।

आइएएफ (इन्टरनेसनल एथलेटिक्स फोरम) र एम्सले संयुक्त रुपमा प्रमाणपत्र दिएपछि अन्तर्राष्ट्रिय म्याराथनको क्यालेन्डरमा सूचीकृत भएको छ । लुम्बिनी म्याराथन प्रमाणीकरण भएसँगै नेपालमा अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको चारवटा म्याराथन भएका छन् । यसअघि काठमाडौँ म्याराथन, पोखरा म्याराथन र नेपालगञ्ज म्याराथनले अन्तर्राष्ट्रिय म्याराथनको मान्यता पाइसकेका छन् ।