१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

बारीमा तरकारी, घरमै रोजगारी

बारीमा तरकारी, घरमै रोजगारी
अ अ+ अ-

राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उहाँको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन् । उहाँले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोच्नुभएन ।

“मेरो जागिर भने पनि रोजगारी भने पनि यही तरकारीखेती हो । बिहानदेखि साँझसम्म यहीँ काम गर्छु”, आफूले गरेको तरकारीखेती देखाउँदै टेकराजले भन्नुभयो, “आफ्नो घरमा बसेर तरकारीखेती गर्दै आएको छु कुनै सिजनमा सोचेभन्दा राम्रो आम्दानी हुन्छ, कहिले अलि थोरै हुन्छ ।”

टेकराजले आफूसँगै घरपरिवारका सदस्यहरुलाई पनि तरकारीखेतीको काममा लगाउने गर्नुभएको छ । तरकारीखेतीबाटै जीवन निर्वाह गर्दै आउनुभएका उहाँले वार्षिक करिब रु १० देखि १२ लाखसम्म कमाई गर्ने गरेको बताउनुभयो ।

व्यावसायिक तरकारीखेतीमा दैनिक श्रम गर्ने उहाँलाई आफ्नै खेतबारीमै विदेशमा पाइनेभन्दा उत्तम रोजगारी मिलेको अनुभूति हुन्छ । विगतमा उहाँ निर्वाहमुखी खेती गर्दै आएपनि पछिल्लो एक दशकदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । बाह्रैमास उहाँको खेतबारी हराभरा देखिन्छ । मौसमी र बेमौसमी तरकारीखेती गर्ने उहाँको दैनिकी पनि निकै व्यस्त हुन्छ ।

“परिवारसँगै हाँसीखेली काम गर्न पाइएको छ, परिवारमा दुःख पर्दा सहयोग हुन्छ”, टेकराजले भन्नुभयो, “कोही बिरामी पर्दा विदेशबाट भनेकै बेला सहयोग गर्न घर आउँछु भन्न पाइँदैन, सबै परिवार घरमा हुँदा एकअर्काका लागि पनि निकै सहयोग पुगेको छ ।”

अहिले उहाँको खेतबारीमा काँक्रा, गोलभेँडा, फर्सी, खुर्सानीलगायत तरकारी बिक्री गर्ने अवस्थामा छन् भने घिराँैला, तोराय, लौका, तर्भुजलगायत तरकारी तयार हुँदै गएका छन् । रोजगारीको खोजीमा युवा जनशक्ति विदेश पलायन बढ्दो छ । स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि टेकराज प्रेरणाको स्रोत बन्नुभएको छ ।

उत्पादित कृषि उपज घरबाटै बिक्री हुने गरेको उहाँले बताउनुभयो । “मेहेनत र काम गर्ने इच्छा शक्ति हुने होभने पैसा कमाउन विदेश नै जानुपर्दैन । यहाँ पनि सम्भावना छन् । मेहेनत गर्न सके बाँझो रहेको जग्गाबाटै लाखौँ आम्दानी गर्न सकिन्छ”, टेकराजले भन्नुभयो, “धनआर्जनका लागि सरकारी जागीर खानैपर्छ वा विदेश पुग्नुपर्छ भन्ने सोच मसँग छैन ।” बारीमा तरकारी रोपेर पनि स्वरोजगार बन्न सकिने भन्दै उहाँले यसमा सरकारले प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिनुभयो ।

विगतमा गहुँ, मकै लगाउने जग्गामा टेकराजले अहिले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ । परिवारका लागि मुख्य आयस्रोत भनेकै तरकारी खेती हो । “विदेश बसेर भन्दा घरमा बसेर तरकारी खेती गर्दा आनन्द छ । परिवारसँग बस्न पाइएको छ, खान पाइएको छ, मेहेनत गरे घरमै बसेर तरकारी खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ”, टेकराजले भन्नुभयो, “विदेशमा पसिना बगाएर कमाएको पैसा घरखर्च मै सकिने हुन्छ, तरकारी खेती गरेर वर्षमा लाख रूपैयाँ बचत हुँदा किन विदेश गएर पैसा कमाउने सपना देख्ने रु विदेशमा पनि रुखमा पैसा फल्ने होइन, जहाँ गरेनि दुःख गर्नैपर्ने हो ।”

टेकराजको तरकारीखेती देखेर अहिले ललही गाउँका अन्य किसान पनि व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । रोजगारीका लागि विदेश नै पुग्नुपर्छ भन्ने मानसिकता युवा पुस्ताले हटाउनुपर्ने अर्का कृषक मधु थारूले बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिकाले किसानलाई बगरखेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ । बगरखेती गर्ने किसानलाई रु पाँच लाखसम्मको अनुदान दिने कार्यक्रम रहेको गाउँपालिका कृषि शाखा प्रमुख चन्दाकुमारी शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो वर्ष राप्ती सोनारी–५ बिनौनास्थित ललही टेकराज थारूको बगरखेती समूह र वडा नं १ का बगरखेती कृषक मानबहादुर रानामगरलाई रु पाँच लाख बराबरको अनुदानको सम्झौता गरिएको छ ।

बगरखेतीतर्फ किसानलाई आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो । उहाँले बगरखेती किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणका लागि समेत गाउँपालिकाले आवश्यक पहल गर्ने उल्लेख गर्नुभयो । रासस