१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

सुनसरीमा आज पनि कर्फ्यु जारी

सुनसरीमा आज पनि कर्फ्यु जारी
भुटाहामा भएको झडप ।
अ अ+ अ-

काठमाडौँ । सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यु जारी छ । शुक्रवार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्युलाई आज पनि निरन्तरता दिइएको हो । सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित ५ वटा स्थानीय तहमा लगाइएको कर्फ्युलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले अवाञ्छित र उछृङ्खल गतिविधि हुन नदिनका लागि सम्भावित झडप हुने ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । कफ्र्यु जारी भए पश्चात जनजीवनमा सामान्य बन्दै गएको पनि कायममुकामय प्रमुख जिल्ला अधिकारी फुयाँलले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह पनि गरेको छ । घटनाबारे अनुसन्धान गरी कारबाही, सुरक्षा र समस्या समाधानका लागि संवादलाई पनि अघि बढाइएको कायममुकायम प्रम्ुख जिल्ला अधिकारी फुयाँलले बताउनु भयो । सो समस्या समाधानका लागि सर्वदलीय बैठक समेत बोलाइएको छ ।

यसैबीच सुनसरी प्रहरीले हिन्दु युवा कुटपिटमा संलग्न उपरको जाहेरीका आधारमा केही मुस्लिम युवालाई पक्राउ गरिएको र अन्यको खोजी जारी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले अघिल्लो दिनको दाँजोमा अवस्था सामान्य बन्दै गएको बताउनुभएको छ । यद्यपि, सुरक्षा संवेदनशीलतालाई ख्यालमा राखी बाक्लो सुरक्षा तैनाथी मिलाइएको उहाँले बताउनु भयो । एसपी रेग्मीले कफ्र्यु उल्लंघन गर्न खोज्नेलाई पक्राउ गरिरहिएको बताउनुभएको छ ।

शुक्रवार हरिनगरको भुटाहाबाट चर्केको हिन्दु मुस्लिम बिचको झडपले दिनभरजसो दक्षिणी भेग अशान्त बन्न पुगेको थियो । दुवै समुदाय आपसमा भिडेपछि सुरक्षाकर्मीले अवस्था लियन्त्रणमा लिन ८३ राउण्ड हवाई फायर र ३१ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो । घटनामा परी ४० बढी घाइते भएका छन् । घाइते हुनेमा प्रहरीको संख्या ज्यादा रहेको दाबी गरिएको छ ।