२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्ने ठमेल—दबारमार्ग २४ सै घण्टा खुला गर्न लागेका हौंः उपप्रधानमन्त्री लामिछाने



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गमा रात्रिकालिन व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्नेगरी गर्ने लागेको दाबी गर्नुभएको छ ।

शुक्रवार रात्रिकालिन व्यवसाय सञ्चालनसरोकारवाला निकायहरुसँगको छलफललाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले सरकारले रात्रिकालिन व्यवसाय स्थानीय र व्यवासायीहरुको समस्या समाधान गरेर मात्रै सञ्चालन गरिने प्रतिद्धता जनाउनु भयो । गृहमन्त्री लामिछानेले आफू लोकतन्त्रमा विश्वास गर्ने भन्दै ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई वेबस्था गर्ने गरी नजाने बताउनु भयो ।

उहाँले उनीहरुको समस्या समाधान नगरी धेरै मानिसहरुले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफू नभएको स्पष्ट पार्नुभयो । स्थानीय र घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्रै अगाडि बढ्ने उहाँको भनाई छ । गृहमन्त्री लामिछानेले धेरै मानिसहरु सहमत भएका आधारमा बलिया धेरै भएका पक्षमा रहेर कम मत भएकाहरुको विचारलाई अवमूल्यन गरेर जाने पक्षमा सरकार नभएको बताउनु भयो । उहाँले ठमेल र दरबारमार्ग अनौपचारिक रुपमा चल्नु र औपचारिक रुपमा चल्नु धेरै फरक हुने बताउनु भयो ।

उहाँले २४ सै घण्टा शहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुने बताउनु भयो । पूर्णरुपमा व्यवसायीक क्षेत्र नभएकाले स्थायी बसोवास गर्नेहरुको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले ठमेलको हकमा दुईवटा कुरा रहेको बताउनु भयो । उहाँले व्यवासाय जोगाउनको लागि सरकारले यो कदम चालिएको धारणा व्यक्त गर्नुभयो । उहाँले शहरमा राति पेट्रोल हाल्ने ठाउँ नभएको भन्दै काठमाडौं शहर त्यस्तो मृत्य शहर नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘म लोकतन्त्रमा विश्वास गर्ने मान्छे हो । रात्रिकालिन व्यवसाय सञ्चालन गर्नुहुन्न भन्ने कम आवाज भएका साथीहरुको कुरा सुन्नुपर्छ भन्ने लाग्छ । उहाँहरुका समस्या समाधान नगरी धेरै मानिसहरुले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने कुरामा स्पष्ट छु । उहाँहरुले खोल्न दिँदैनौं भन्नुभएको छैन । दिन्छौं तर स्थानीय र घरधनीको अधिकार सुरक्षित बनोस् । त्यहाँ भएको आफ्नै किसिमको जीवन शैली छ । त्यसलाई पनि मध्यनजर राखियोस् भन्नेकुरा भनेको बुझेको छु । यी सबै कुराहरुलाई मध्येनजर राखेर मात्रै अगाडि बढीने सुनिश्चिता दिलाउन चाहन्छु ।

धेरै मानिसहरु सहमत भएका आधारमा बलिया धेरै भएका पक्षमा अल्पसंख्यक कम मत भएकाहरुको विचारलाई अबमूल्यान गरेर जाने पक्षमा सरकार छैन । त्यो लोकतन्त्रको चरित्र पनि होइन । ठमेल र दरबारमार्ग अनौपचारिक रुपमा चल्नु र औपचारिक रुपमा चल्नु धेरै फरक छ । २४ घण्टा शहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुन्छ ।

पूर्णरुपमा व्यवसायीक क्षेत्र नभएकाले स्थायी बसोबास गर्नेहरुको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुन्छ । ठमेलको हकमा दुईवटा कुरा छन् । आमाको निन्द्रा र छोराको सपना । आमाको निन्द्रा र छोराको सपना पनि आयो । सरकारको प्रयास ठमेलमा रात्रिकालिन व्यवसाय आमाको निन्द्रा पनि जोगाउन र छोराको सपना पनि पूरा गर्ने हो । व्यवासाय जोगाउनको लागि सरकारले जोगाउन यो कदम चालिएको हो । शहरमा राति पेट्रोल हाल्ने ठाउँ थिएन । काठमाडौं शहर त्यस्तो मृत्यु शहर हो । जहाँ रातको समयमा पेट्रोल पनि हाल्न पाइँदैन । म आएपछि प्रहरीका पेट्रोल पम्प खुला गरेका छौं ।’

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रहरी प्रशासनलाई ठमेल र दरबारमार्ग २४ घण्टा व्यापार व्यवसाय सञ्चालनमा आएपछि व्यवासायीहरुकोमा गएर खाना नखान निर्देशन दिनुभयो । उहाँले सल ढिलासम्म खोल्न पाउने वा अन्य कुनै बाहनामा प्रहरी पोशाक लगाएका प्रहरी अफिसरहरु,कर्मचारीहरुलाई एक छाक पनि खुवाउनु नपर्ने बताउनु भयो । उहाँले प्रहरीहरुले आफ्नै खाना खाने भन्दै प्रहरीहरुलाई खाना खुवाउने,राख्ने र उपहार दिने व्यवासायीहरुले गरे व्यवसायमा ताला लाग्ने चेतावनी दिनुभयो ।

उहाँले त्यो लोभ प्रहरीहरुले नराख्ने दाबी गर्नुभयो । गृहमन्त्री लामिछानेले व्यवसायीहरुले प्रहरीसँग सम्बन्ध बढाउने काम गर्नु नपर्ने भन्दै व्यवसायको सुरक्षा प्रहरीेले भन्दा पनि सुरक्षा नीतिले गर्ने बताउनु भयो । गृहमन्त्रालयको नीति व्यवसायीहरुलाई सुरक्षित राखेर व्यवसाय गर्न दिने भएको दाबी थियो । उहाँले व्यवसायीहरुले कुनै प्रहरी अफिसरको चाकडी गर्नु नपर्ने भन्दै वर्तमान सरकार त्यो फेवर भन्दा माथि उठेर नयाँ प्रणाली स्थापित गर्न लागेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारको ध्यान श्रम गरिरहेका श्रमिकहरुको श्रम शोषण,महिला दिदि बहिनीहरु सुरक्षित छन वा छैनन्, कम उमेरका बालबालिकाले त्यहाँ लागुपदार्थ दुव्र्यसनमा भए/नभएको विषयमा ध्यान जाने बताउनु भयो । उहाँले लागुपदार्थ दुव्र्यसनीको कार्य भएको पाइए प्रहरीलाई पसल व्यवसायमा सिल लगाउने अधिकार दिने बताउनु भयो । उहाँले लागुऔषधको अखडा,विभिन्न यौन हिंसा,महिलाहरु माथि दुव्यवहार भएको शहरको सरकारले परिकल्पना नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘प्रहरी प्रशासनलाई म स्पष्ट निर्देश के गर्न चाहन्छु भने पसल ढिलासम्म खोल्न पाउने वा अन्य कुनै बाहनामा प्रहरी पोशाक लगाएका प्रहरी अफिसरहरु,कर्मचारीहरुलाई एक छाक पनि खुवाउनु पर्दैन । उहाँहरु आफ्नै खाना खानुहुन्छ । आफ्नै ढङ्गले आउनुहुन्छ । उहाँहरुलाई खुवाउने,राख्ने र उपहार दिने गर्नुभयो भने तपाईहरुको व्यवसायमा ताला लाग्नसक्छ । त्यो लोभ प्रहरीहरुले राख्ने छैनन् । व्यवसायीहरुले प्रहरीसँग सम्बन्ध बढाउने होइन । तपाईहरुको सुरक्षा त्यहाँ बसेको प्रहरीेले गर्ने होइन, सुरक्षा नीतिले गर्ने हो ।

गृह मन्त्रालयको नीति व्यवसायीहरुलाई सुरक्षित राखेर व्यवसाय गर्न दिने हो । नीतिले तपाईलाई बचाउँछ । व्यवसायीहरुले कुनै प्रहरी अफिसरको चाकडी गर्नुपर्दैन । त्यो फेवर भन्दा माथि उठेर नयाँ प्रणाली स्थापित गर्नको लागि हामी आएका हौं ।

सरकारको ध्यान श्रम गरिरहेका श्रमिकहरुको श्रम शोषण भएको छकी छैन भन्नेमा विशेष ध्यान जाने छ । त्यहाँ महिला दिदि बहिनीहरु सुरक्षित छन की छैनन् । त्यहाँ हाम्रो ध्यान जानेछ । कम उमेरका बालबालिकाले त्यहाँ लागुपदार्थ गरिरहेका छनकी छैनन् त्यहाँ ध्यान जाने छ । त्यस्तो भयो भने पसल व्यवसायमा शिल लगाउने अधिकार दिन्छौं । लागुऔषधको अखडा,विभिन्न यौन हिंसा,महिलाहरु माथि दुव्र्यवहार भएको शहर हामीले परिकल्पना गरेको होइन । २४ घण्टा शहर खोल्नु भनेको रक्सी खाएर होहल्ला गर्नु भनेको होइन ।’

गृहमन्त्री लामिछानेले ठमेल लगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनामा गृह मन्त्रालयले एक्शन पलान बनाइरहेको बताउनु भयो । उहाँले प्रहरी प्रशासनलाई आज नै देशभर गुण्डागर्दी गर्नेहरुको नाम लिस्ट लिने बताउनु भयो ।