२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

होली पर्वमा लगाइएको रंगले हुन हुनसक्छ तपाईको घरको कुकुरको मृत्यु, हेर्नुहोस् यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु !

होली पर्वमा लगाइएको रंगले हुन हुनसक्छ  तपाईको घरको कुकुरको मृत्यु, हेर्नुहोस् यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु !
अ अ+ अ-

काठमाडौं । फाल्गुन महिनामा पूर्णिमाको दिन मानाउने होली पर्व विशेष गरी हिन्दु धर्मालम्बीहरुको लागि महत्तव पर्व हो । यो पर्वमा विभिन्न रगंहरुका साथ सबै मिलेर हर्सोउल्लासका साथ साथीभाई, इस्ट-मित्र, घर परिवारका सबै सदस्य मिलेर उत्सव मनाउने गर्छौ । समयको बदलाबसंगै आजभोलि हरेक धर्मका मानिसहरूले पूर्ण उत्साह र रमाईलो तरिकाले सबै मिलेर होलि पर्व मनाउँछन्। मित्रता र प्रेमले भरिएको यो चाँडले हरेक धर्म, सम्प्रदाय र हरेक बर्गका मनिसले भ्रातृत्वको सन्देश दिने गर्छ ।

यस दिन, सबै व्यक्तिहरू आफ्ना पुराना गुनासोहरूलाई भुलेर एकअर्का प्रति सद्भाव देखाउदै  र अंगालो हाल्दै बच्चाहरू, युवाहरू, बूढाहरु सबै मिलेर रंग अबिर खेल्ने गर्छन । होली पर्वमा विभिन्न किसिमका रंग,अबिरलाई पानिमा घोलेर अथवा सुख्हा प्रयोग गर्ने गर्दछौ । यो खुशीको अवसरमा हामी बेलुनमा रंग अबिर पानी भरेर मनोरंजनका लागि एक अर्कालाई छ्याप्ने गर्छौ र मनोरंजनकै लागि भए पनि हामी आफ्नो घरपालुवा जनावरहरुलाई तथा सडकमा रहेका कुकुर बिरालोहरु माथि पनि रंग अबिर दल्ने गर्छौ जसले गर्दा यिनीहरुमा नकारात्मक असर हुने गर्दछ । यस जनावरहरुको शारीरिक अवस्था बिग्रिने गर्दछ ।

हामीहरु सजिलैसँग यो पर्व मा घरपालुवा जनवारहरु तनाबमा छन् कि छैनन् भनेर थाहा पाउन सक्छौ। यी रंग अबिरले गर्दा हाम्रा घरपालुवा जनावरहरूको स्वास्थ्यमा नकारात्मक असर गर्दछन्। कुकुर बिरालोमा लगाइएको रंग अबिर फोहर पानीले गर्दा तिनीहरूको छालामा दाग, घाउ खटिरा हुने गर्दछ र यसले गर्दा तिनीहरुको स्वास्थ्यमा समस्या हुने गर्दछन्  । हामीहरु सबै सजिलैसँग रंग,अबिरले होलि खेल्दा लागेको दागहरु सफा गर्ने गर्दछौ र घरमा पालिएको हाम्रा घरपालुवा साथि अथवा सडकमा रहेका जनावरहरुमा विशेष रुपमा ध्यान नदिने हुँदा तिनीहरुको स्वास्थ्यमा असर गर्ने गर्दछ । त्यसैले होलि खेल्नु पुर्व तिनीहरुमा विशेष ध्यान दिए तिनीहरुमा पर्ने नकारात्मक असर र रंग अबिरले गर्दा लाग्ने रोगहरुबाट बचाउन सक्छौ ।  

हामी अलिकति जागरुक र सरसफाई प्रति विशेष ध्यान दिने हुँदा रङ्ग, अबिर र फोहर पानीमा भएका विषादी युक्त रसायनलाई  सरसफाईको माध्यमले हटाउने गर्दछौ तर कुकुर, बिरालो तथा अरु घरपालुवा पशुहरुमा लाग्ने गरेको रंग अबिर र फोहर पानीले गर्दा यिनीहरुको स्वास्थ्यमा असर गर्ने गर्दछ ।

रंग अबिरले गर्दा कुकुर बिरालो तथा पशुहरुमा हुने शारीरिक समस्याहरु:

१) छालाको एलर्जी र कपाल झर्ने

होलीको समयमा प्रयोग हुने प्रायस् सुक्खा अबिर तथा रंगहरूमा मर्करी सल्फेट र मेटल अक्साइड जस्ता रसायन हुन्छन, जसले गर्दा कुकुर बिरालोको छालाको एलर्जी र इन्फ्लामेसन गर्ने गर्दछ, बिसेष गरि छोटो कपाल भएको पशुहरुमा। यसले गर्दा यिनीहरु को छालामा दाग र खटिराहरु निस्किने गर्दछन्  र यी रसायनहरुले गर्दा कपाल झर्ने समस्या देखा पर्दछ।

२) अन्धो हुनु

प्राय जसो हामीहरु बेलुनमा रंग तथा फोहर पानी हालेर अरुहरुलाई छ्याप्ने गर्दछौ र मनोरंजन कै लागि भए पनि, हामी कुकुर बिरालो तथा पशुहरु माथि पनि प्रहार गर्ने गर्दछौ र अचानक त्यस्ता फोहर पानी तथा रंग अबिर तिनीहरु को आँखा मा पर्न गएमा  तिनीहरूको आँखाको लागि हानिकारक हुनसक्दछ जसले गर्दा स्थायी दृष्टि पनि हराउन सक्छ।

३) श्वासप्रश्वास को समस्या देखापर्नु र मृत्यु हुनु

होलीको बेलामा हामी प्राय सबै लाई थाहा छ कि रंग अबिरको पाउडर बाट गन्ध धेरै आउछ र घरपालुवा जनावर को नाक निर पर्न गएमा सुँघेर यिनीहरु को नाक भित्र छिर्न सक्छन अथवा तिनीहरु आफ्नो शरीर चाट्ने बनि हुदा  र त्यसमा रहेको रसायन ले गर्दा तिनीहरुको फोक्सोमा असर ,संक्रमण र अन्य श्वासप्रश्वासको समस्या निम्त्याउन सक्छ ,र कुनै बेला मृत्यु पनि हुनसक्छ ।

सावधानी तथा उपायहरु:

१) कुकुर र बिरालाहरूको शरीरबाट फोहर र रंग दाग हटाउनको लागि विशेष किसिमका पेट शेम्पू नै प्रयोग गर्नुपर्दछ । 
२) रक्सी वा मानव शैम्पू प्रयोग नगर्नुहोस् किनकि यसले छालाको एलर्जी र संक्रमण निम्त्याउन सक्छ। 
३) होलिको पर्वमा बनाइने गरेको मिठाई जनावरलाई दिन हुँदैन । मिठाईमा भएका क्रीम, रेजिन जस्ता तत्वले पाल्तु जनावरको पाचन प्रणाली बिगार्ने गर्दछ । त्यसैले अबबाट मिठाई नदिनुहोस्। 
४) रंग अबिरले गर्दा बान्ता, डाइरिया र व्यवहार परिवर्तन जस्ता लक्षण देखापरेमा तुरुन्त पशुचिकित्सकसंग सल्लाह सुझाब तथा उपचार गराउनु पर्दछ।

घरपालुवा जनावरमा रंग, अबिर, फोहर पनि बाट हुने खतराहरू सम्बन्धी सूचनाहरू र पोष्टर राख्दा धेरै कुकुर र बिरालाहरूलाई रंगीन हुनबाट बचाउन सकिन्छ। आफ्नो छरछिमेक मा रहेको केटाकेटीलाई घरपालुवा जनावर माथि त्यस्ता प्रकार का गतिबिधि नगर्न भन्नुहोश यो एउटा राम्रो उपाय हो र यसरि तपाई घरपालुवा जनवार लाई बचाउन सक्नु हुन्छ । होलिको दिन तपाई आफ्नो घरपालुवा जनावर कुकुर र बिरालो लाई रंग अबिर र फोहर पनि बाट बच्न को लागि आफ्नो घर भित्र सुरक्षित तरिका ले राख्ने गर्नुपर्छ । त्यसैले होलि पर्व मनाउन पुर्व आफ्नो घर पालुवा जनावरहरूलाई रंग अबिर बाट हुने शारीरिक समस्या तथा त्यसमा हुने मनोवैज्ञानिक प्रभावहरू बचाउन सक्नु पर्दछ । एजेन्सीको सहयोगमा