२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जित हात पार्दै बार्सिलोनाको सेमिफाइनल यात्रा



अ+ अ-

म्याड्रिड । बुधबार बार्सिलोनाले जित हात पार्दै कोपा डेल रेको सेमिफाइनल यात्रा तय गरेको छ । अतिरिक्त समयमा एन्टोन ग्रिजमन, फ्रेन्ड डे जङ र जोर्डी अल्बाले गोल गरेपछि बार्सिलोनाले ग्रेनेडालाई ५–३ ले हराएको हो ।

खेलको ८८ औं मिनेटसम्म बार्सिलोना २–० ले पछाडि रहेको थियो । रोनाल्ड कोम्यानको बार्सिलोनासँगै सेभिया र लेभान्टेले प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरिसकेका छन् ।

अब सेमिफाइनल खेल्ने अन्तिम टिमको निर्णय रियल बेटिस र एथलेटिको बिलबाओबीचको खेलले गर्नेछ । सन् २०१४ देखि २०१९ बीच बार्सिलोनाले लगातार छ पल्ट सेमिफाइनल यात्रा तय गरेको छ । गत सिजन भने बार्सिलोना क्वार्टरफाइनलमै पराजित भएको थियो ।