२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ

कुन ब्लड ग्रुपले कस्तो डाइट खाने ? थाहा पाउनुहोस्

कुन ब्लड ग्रुपले कस्तो डाइट खाने ? थाहा पाउनुहोस्
अ अ+ अ-

काठमाडौं । हालै गरिएको अनुसन्धान अनुसार स्वास्थ्य शरीरकोलागि तपाईको ब्लड ग्रुप अनुसारको खानपानले ज्यादै नै प्रभाव पार्ने देखाएको छ । तपाई आफ्नो शरीरलाई स्वास्थ्य राख्न चाहानुहुन्छ र त्यसका लागि खानपानको सन्तुलनलाई अपनाउन चाहनुहुन्छ भने तपाईले आफ्नो ब्लड ग्रुप अनुसारको उचित खानपानमा ध्यान दिनुभएको खण्डमा दुई गुणा बढी फाईदा हुनेछ । यस्ता रहेका छन् विभिन्न ब्लड ग्रुपका खानपिन :

‘ए‘ ब्लड ग्रुप

  • यस ब्लड ग्रुप भएका व्याक्तिहरुले मांसाहारी भोजनको तुलनामा शाकाहारी भोजन बढी सेवन गर्नु उपयुक्त हुन्छ ।
  • यस समूहको मानिसको पाचन शक्ति अन्य तुलनामा कमजोर हुन्छ, जसले दूधबाट बनेको चीज र मांसाहारी खानलाई सजिलै पचाउन सक्दैन । यस्तो अवस्थामा पेट सम्बन्धि विभिन्न समस्याहरूको सम्भावना बनिरहन्छ ।
  • खानामा फलफूल र सागसब्जीको प्रयोग अधिक मात्रामा गर्नुस् । राजमाको सेवन भरसक नगर्दा लाभ हुन्छ । मांसाहारी खाना खाने ईच्छा भएमा रातो मासुको स्थानमा माछा खानु उपयुक्त हुन्छ ।

‘बी‘ ब्लड ग्रुप

  • यदि तपाई ‘बी’ ब्लड ग्रुपको हुनुहुन्छ भने तपाई सन्तुलित मात्रामा दूध र यसबाट बनेको पदार्थ तथा माछा, मासुको सेवन गर्न सक्नुहुन्छ । (तर केही खाद्य पदार्थ जस्तै: मसुरो, अरहर, तिल, मकै, कोदो र चना आदिको सेवन एकदमै न्यून गर्नुपर्दछ ।
  • अत्यधिक गहुँ र टमाटरको सेवन यस ब्लड ग्रुपका लागि निकै फाइदाजनक हुन्छ । (वजन नियन्त्रण गर्नका लागि मकै, मम्फली, चिकन, गहुँको सेवन गर्नुहुँदैन भने अण्डा, मासु, हरियो सागसब्जी र ग्रीन टी ले वजन बढाउनमा निकै फाइदाजनक हुन्छ ।

‘एबी‘ ब्लड ग्रुप

  • ‘एबी‘ ब्लड ग्रुप भएका मानिसहरुमा ए र बी दुवै ब्लड ग्रुपको लक्षण पाईन्छ ।
  • यो समूहको मानिसले पनि अधिक शाकाहारी भोजन सेवन गर्नुपर्दछ, जसमा फलफूल र सागसब्जी समावेश गर्नुपर्दछ ।
  • सकेसम्म चिकन र मकै जस्ता चीजहरूबाट टाढा रहनुपर्दछ । वजन कम गर्नका लागि रातो मासु र राजमाको सेवन गर्नुहुँदैन ।
  • भुइँकटहर,सोयाबिनको पनीर, सी फूड, डेयरी उत्पादन जस्ता चीजहरू वजन कम गर्नका लागि उत्तम हुन्छ ।

‘ओ‘ ब्लड ग्रुप

  • यदि तपाईको ब्लड ग्रुप ‘ओ’ हो भने तपाईले हाईप्रोटीनयुक्त भोजन सेवन गर्नुपर्दछ ।
  • यस ब्लड ग्रुप भएका मानिसहरुलाई रातो मासु, सी फूड, पालक, ब्रोकोली जस्ता आहराले वजन कम गर्न मद्दत गर्छ ।
  • फलफूल, सागसब्जी तथा कार्बोहाइड्रेटको सेवन तपाईको लागि फाइदाजनक हुन्छ । एजेन्सीको सहयोगमा