२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् ।

बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री शर्माको तयारी रहेपनि उनले राजीनामा दिएका हुन् ।

‘प्रदेश सभामा विश्वासको मत लिने तयारी थियो । तर, बदलिएको परिवेशसँगै र पछिल्लो राजनीतिक परिस्थितीमा म मुख्यमन्त्री पदमा रहिरहन उपयुक्त नदेखि आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको सभासमक्ष जानकारी गराउँछु ।’ उनले भने ।

सत्ता गठबन्धनबीच भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर, माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शर्मा सरकार छाड्न तयार भएका थिएनन् ।

प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र केन्द्रमा भएको सहमति कार्यान्वयन गर्ने माओवादी सांसदहरूको अडान थियो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनमार्फत एमालेलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिएपछि शर्माले राजीनामा दिएका हुन् ।