• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

कांग्रेसले आज इलाम र बझाङको उम्मेदवार छान्ने



काठमाडौं । आगामी वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि आज नेपाली कांग्रेसले उम्मेदवार छान्ने तयारी गरेको छ ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिले उपनिर्वाचनका लागि उम्मेदवार छान्न छ । सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाएका छन् ।

सभापति देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकमा इलाम–२ र बझाङ प्रदेशसभा १ (क) को उम्मेदवार तय गर्ने बताइएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ ।

कांग्रेस सभापति देउवाले हिजो स्थलगत अध्ययनका लागि इलाम र बझाङ पुगेका महामन्त्री विश्वप्रकाश शर्मा र सुदुरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरसँग उमेदवारका बारेमा ‘ब्रिफिङ’ लिएका थिए ।

कांग्रेसले इलामबाट भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङको नाम सिफारिस गरेको छ ।

त्यस्तै बझाङ प्रदेशसभा १ (क) मा मा अभिषेक सिंह, सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय र नारायण हमालको नाम सिफारिस भएको छ ।