४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार ९९ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौँ । शनिबार देशभर ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २७९४ जनाको पिसिआर परीक्षणमा ९९ जनमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ४८ जना संक्रमित निको भएसँगै कोरोनाबाट निकोहुनेहरुको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १९ सय ५९ रहेका छन् ।

मन्त्रालयका अनुसार ९५ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म नेपालमा २० लाख ९१ हजार १ सय ६६ पीसीआर परीक्षण भएका छन्