५ कार्तिक २०८१, सोमबार
,
Latest
शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन म्यान्मामा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान पोखरा पृथ्वीचोकमा राष्ट्रिय स्वतन्त्र पार्टीको खबरदारी कार्यक्रम ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती डिआईजी राणा एआईजीमा बढुवा सिफारिस एक सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्यसम्पादन गरेको छ: सञ्चारमन्त्री गुरुङ (अन्तरवार्ता) महासचिव पोखरेलको प्रश्न- पार्टी कस्तो बनाउने भन्ने हामीलाई थाहा छ, अरुलाई चिन्ता किन ? अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु विद्यार्थीहरुलाई स्वस्तिमाको सुझाव: रुचि परिवर्तन स्वभाविक हो, आफ्नो गुण चिन्नु र आत्मविश्वाशी हुनु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगार विभागका लेखापाल निरौला विरुद्ध भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा कार्यरत लेखापाल प्रमोद निरौला विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिइ गएको टोलीले निज लेखापाल निरौलालाई सेवाग्राहीबाट रु १५ हजार घुस÷रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त घुस रकमको अनुसन्धानको सिलसिलामा निजले सेवा ग्राहीसँग घुस÷रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज प्रमोद निरौलाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)बमोजिमको कसुरमा बिगो रु १५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।