२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

भागरथी हत्या प्रकरणमा अभिनेत्री मानान्धरको टिप्पणीः ‘नेपालका केही पुरुषहरुको मानसिकतामा यौन अपराध थुप्रियो’

भागरथी हत्या प्रकरणमा अभिनेत्री मानान्धरको टिप्पणीः ‘नेपालका केही पुरुषहरुको मानसिकतामा यौन अपराध थुप्रियो’
अ अ+ अ-

काठमाडौं । नेपाली सिनेमा क्षेत्रकी निकै परिचित अभिनेत्री करिश्मा मानान्धरले नेपालका केही पुरुषहरुको मानसिकतामा यौन अपराध थुप्रिएको बताएकी छिन् । बैतडीकी किशोरी भागरथी भट्टको हत्याको विषयमा आफ्नो धारणा व्यक्त गर्दै अभिनेत्री मानान्धरले नेपालका केही पुरुषहरुको मानसिकतामा यौन अपराध थुप्रिएकोले बारम्बार यौन अपराध भईरहेको बताएकी हुन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै अभिनेत्री मानान्धरले यो एक विकराल सामाजिक समस्या रहेकधो र यसलाई समयमा नै समाधान गर्नु जरुरी रहेको पनि बताएकी छिन् । साथै अभिनेत्री मानान्धरले समाजलाई शिक्षित, नैतिक, अनुशासित, सभ्य र सद्भावपूर्ण बनाउनबाट हामी आफै पनि चुकिरहेका छौँ, कि ? भनेर प्रश्न समेत गरेकी छिन् ।

गत बुधबार (माघ २१ गते) विद्यालय गएकी बैतडी दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव बिहीबार (माघ २२ गते) बीभत्स अवस्थामा फेला परेको थियो । परिवार र आफन्त उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेका छन् । हत्याबारे थप अनुशन्धान भईरहेको छ । 

अभिनेत्री करिश्मा मानान्धरले यस्तो लेखेकी छिन् –

''बैतडीमा १७ वर्षीय किशोरीकाे बलात्कारपछि हत्या ! 

नेपालका केही पुरुषहरुकाे मानसिकतामा याैन अपराध थुप्रिएकाे छ । त्यसैले बारम्बार याैन अपराध भईरहेका छन् । याे एक विकराल सामाजिक समस्या हाे । यसलाई समयमा नै समाधान गर्नु जरुरी छ । राजनीतिक दल, मानव अधिकारकर्मी, सामाजिक धार्मिक अभियन्ता, नागरिक समाज, कलाकार, समाजसेवीहरु सबैले मिलेर समाजमा सभ्य, अनुशासित, नैतिक र सद्भावपुर्ण वातावरण सिर्जना गर्नेतर्फ पाईला चाल्नुपर्याे । समाजलाई शिक्षित, नैतिक, अनुशासित, सभ्य र सद्भावपूर्ण बनाउनबाट हामी चुकिरहेका छाैँ, कि?''