काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकि सांसद रञ्जु कुमारी झाले कारागारलाई कैदी सुधार गृहमा रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले कारागारलाई कैदी सुधार गृहको रुपमा रुपान्तरण गर्नुपर्ने बताउनुभएको हो । उहाँले कैदीलाई कारागारमा राखेर अपराधी बनाउनु नहुने बताउनु भयो । उहाँले काराकारलाई सुधार गृहको रुपमा व्यवस्था गर्न कानुन बनाउनुपर्ने बताउनु भयो । उहाँले जर्बजस्ती करणीको कानूनलाई संशोधन गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘अब बाल सुधार गृह कैदी सुधार गृह बनोस् । अब कैदीलाई कारागारमा राखेर बन्दी बनाएर अपराधी नबनाओस् । अब त्यहाँ सुधार गर्ने व्यवस्था गरौँ । त्यस्तो कानून बनाऔँ । अबको दिनमा त्यस्ता सुधार गृह बनाएर त्यहाँका जनशक्तिलाई कसरी शिक्षा, रोजगारमा जोडेर देशलाई उत्पादनमा जोडेर देशको आर्थिक उत्पादनमा जोड्न सकिन्छ । बसैभन्दा बढी त्यहाँ जर्बजस्ती करणीका मुद्दा देखेँ । त्यतातिर पनि म कानूनमा संशोधनको आवश्कता देखिराखेको छु । म नेपाल सरकारको शिक्षा, कानुन, गृह लगायत तिनवटै मन्त्रालय लगायत उद्योग मन्त्रालयलाई आग्रह गर्छु । कैदी सुधारगृह बनोस् । बाल सुधार गृहमा १८ वर्षमुनिका बालबालिका बसोस् । त्योभन्दा माथिको नबसोस् ।’
उहाँले बाल सुधार गृहमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई मात्रै राख्नुपर्ने बताउनु भयो ।