२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबर आजम फेरि बने पाकिस्तान क्रिकेट टिमका कप्तान, शाहिन अफ्रिदीलाई हटाउनुको कारण यस्तो



अ+ अ-

एजेन्सी । बाबर आजमलाई सीमित ओभरको क्रिकेटका लागि पाकिस्तान क्रिकेट टिमको कप्तानमा पुनः नियुक्त गरिएको छ । पाकिस्तान क्रिकेट बोर्डले आइतबार यो घोषणा गरेको हो । जुनमा हुने टी–२० विश्वकपमा पाकिस्तानी क्रिकेट टोलीको नेतृत्व बाबर आजमले गर्ने निर्णय भएको छ ।

योसँगै फास्ट बलर शाहिन अफ्रिदीको टी–२० अन्तर्राष्ट्रिय फर्म्याटको कप्तानी हटाइएको छ । गत वर्ष भारतमा भएको एकदिवसीय विश्वकपपछि बाबर आजमले सबै फर्म्याटको कप्तानीबाट राजीनामा दिएका थिए ।

तर, पाकिस्तान क्रिकेट बोर्डले सामाजिक सञ्जाल मार्फत बाबर आजमलाई कप्तान बनाउनुको कारणबारे जानकारी दिएको छ ।

पीसीबीले बाबर आजम र मोहसिन नक्वीबीचको कुराकानीको भिडियो क्लिप सेयर गर्दै क्याप्सन लेखेको छ, ‘बाबर आजम सेतो बल क्रिकेटको कप्तान नियुक्त भएका छन् । पीसीबी चयन समितिको सर्वसम्मत सिफारिस पछि, अध्यक्ष मोहसिन नकवीले बाबर आजमलाई पाकिस्तान क्रिकेट टोलीको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तान नियुक्त गरे ।’

स्मरण रहोस् बाबर आजमले कप्तानी छोडेपछि शान मसूदलाई टेस्ट कप्तान बनाएका थिए भने शाहिन अफ्रिदीलाई टी–२० अन्तर्राष्ट्रिय कप्तान बनाइएको थियो । तर तीन महिनाभित्र अफ्रिदीलाई कप्तानीबाट हटाइयो र अब बाबर आजमले टोलीको नेतृत्व गर्नेछन् ।

शाहिन अफ्रिदीलाई कप्तानबाट हटाउने निर्णयको बारेमा बताउनुपर्दा शाहीनलाई कप्तानबाट हटाउनुको कारण बलरभन्दा ब्याट्सम्यानको रुपमा कप्तान बढी सफल भएको बताईएको थियो । योसँगै बाबर आजमले पीसीबीलाई आफ्ना मागहरू सुनाएका छन् ।