५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास निर्माणमा सबै एकजुट हुनुपर्छः राष्ट्रपति



अ+ अ-

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माण हुने ज्येष्ठ नागरिक भवनको आज शिलान्यास गर्नुहुँदै राष्ट्रपति पौडेलले विकास निर्माणमा एकजुट हुन आफूले राजनीतिक दलका नेताहरुलाई भन्ने गरेको स्मरण गर्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रु १५ करोड लगानीमा निर्माण हुन लागेको १८ कोठे भवनको राष्ट्रपति पौडेलले शिलान्यास गर्नुभएको हो ।

तनहुँको गाइघाट क्षेत्रको विगतको अवस्थाबारे चित्रण गर्दै उहाँले पञ्चायतका कठिन दिनहरुमा आफूहरु त्यहाँ सङ्गठन निर्माण गर्न जाँदा गरिबी र अभावले खानसमेत नपाइने अवस्था रहेको स्मरण गर्दै लोकतन्त्रपछि त्यस क्षेत्रले काँचुली फेरेको बताउनुभयो । गाइघाटमाथिको एउटा वडामा मात्रै पनि करोडौको सुन्तला फल्ने गरेको र त्यसलाई बजारसम्म पु¥याउन त्यहाँ पुलको आवश्यकता रहेको उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको सङ्गम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले प्रतिगामीहरुको स्वर्ग अतितमा हुने र लोकतन्त्रवादी तथा समाजवादीहरूको स्वर्ग भविष्यतिर हुने समेत उल्लेख गर्नुभयो । “अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीहरुको स्वर्ग अतितमा हुन्छ, तर हामी लोकतन्त्रवादी र समाजवादीहरुको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौ”, उहाँले भन्नुभयो ।

उहाँले विदेश पलायन भएर यहाँ केही नभएको भनेर कुरा काट्नु पनि अनुचित भएको बताउँदै भन्नुभयो, “हाम्रो देश पृथ्वीमै स्वर्ग जस्तै छ, यसैलाई यही बसेर देश बनाउनुपर्छ, अब विदेश पलायन रोकिनुपर्छ ।” रासस