१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने काँग्रेसको अडान कायमै

गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने काँग्रेसको अडान कायमै
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ ।

शनिवार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा काँग्रेसकी सचेतक सुशीला थिङले सो अडानमा आफूहरु कायमै रहेको बताउनुभएको हो । नेपाली काँग्रेसले उपप्रधानमन्त्री लामिछानेमाथि सहकारी ठगीबारे संसदीय छानविन समितिको माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

बैठकमा सभामुख घिमिरेले सदंनको अवरोध हटाउनका लागि आग्रह गर्नु भएको थियो । त्यस विषयमा भोली (आईतवार) बस्ने पार्टी पदधिकारी बैठकले आवश्यक निर्णय लिने पनि सचेत थिङले बताउनु भयो । सचेतक थिङका अनुसार दलहरुबीच राजनीतिक दलसम्बन्धि विधेयक चैत्र २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेश गरिनेछ ।

उहाँले भन्नुभयो, ‘१८, १९, २०, २१ सम्मको सदन कसरी चलाउने भन्ने विषयमा छलफल भएको थियो । त्यसमा प्रतिपक्षको तर्फबाट मैले राजनीतिक दलसम्बन्धि विधेयक चाँही विवादमा जोडिएको हुनाले त्यो विधेयक अहिले नल्याउ भन्ने सन्दर्भमा २७ गते सार्ने भन्ने हाम्रो सहमती भएको छ ।

अरु विषयमा चाहीँ अहिले हामीले प्रतिपक्षको ठाउँबाट हेर्दाखेरी हामीले उठाएको विषय संसदीय छानविन समिति गृहमन्त्रीको विषयमा छलफल नभएसम्म हामीले सदन कसरी लैजाने भन्ने विषयमा भोली हामी पदाधिकारी बैठक बसेर छलफल गर्छौं । त्यसपछि मात्रै हामी सदनमा कसरी जाने भन्ने बारेमा निष्कर्षमा पुग्छौं । विगतमा कार्य तालिका बनाएर जाने रहेनछ । हामीले अहिले क्यालेन्डर बनाएर ल्यायौ । त्यो ल्याएपनि कसको कारणले क्यालेण्डर प्रभावित भयो भन्दाखेरी सरकार परिवर्तनको गठबन्धनको कारणले क्यालेन्डर फेरबदल भयो । सभामुख नै विदेश गएर पनि सो क्यालेण्डर प्रभावित भयो ।’

नेपाली काँग्रेसले सहकारीको विवादमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कुनै पनि विधेयक संसदमा प्रश्तुत गर्न नपाउने जिकिर गर्दै संसद अवरुद्ध पारेको थियो ।