१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ



अ+ अ-

झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफु प्रश्न सोध्नेबाट जवाफ दिने ठाउँमा पुगेकोले आफुलाई नाजवाफ नबनाउने हिसाबले काम गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिनु भएको छ ।

इलाम २ मा हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदबार घोषणा कार्यक्रममा जाने क्रममा झापा पुग्नुभएका गृहमन्त्री लामिछानेले सुरक्षा अधिकारील गर्ने काम नै आफ्नो जबाफको आधारमा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो -अब तपाईंहरुले गर्ने काम नै मेरो जवाफको आधार हो। मलाई नाजवाफ बनाउनु हुन्छ कि स्पष्ट जवाफ दिनेरु तपाईंहरुको हातमा छ। त्यही अनुसार काम गर्नुस्।

सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिदै उहाँले भन्नुभयो ‘आम नागरिकलाई सेवा दिनु नै तपाईंरहाम्रो जिम्मेवारी हो। राजनीतिक रूपमा सरकार आउँछन्रजान्छन्। स्थायी सरकार (कर्मचारी)ले नागरिकको सेवालाई प्राथमिमकता दिनुपर्छ।’

उहाँले कानूनले दिएको जिम्मेवारी पूरा निर्देश गर्दे कानूनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए आफुलाई भन्न सुझाब दिनु भयो ।

उहाँले भन्नुभयो ‘नागरिकका गुनासो सम्बोधनमा प्राथमिकता दिनुहोस्। गुनासो लिएर तपाईं भन्दा माथि कोही जानू नपरोस्। नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरि काम गर्नुपर्छ। कामका लागि निर्देशन कुर्ने होइन। आइडिया लगाएर काम गर्नु पर्छ।’

उहाँले पीडितभन्दा पीडक पहिला प्रशासनरप्रहरीमा आउने, उनीहरुसँगै प्रशासन र प्रहरीको हिमचिम गर्ने प्रवृत्ति अन्त्य हुनैपर्ने बताउनु भयो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसमेत उपस्थित रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लाको वस्तुस्थिति, सेवा प्रवाह, सुरक्षालगायत विषयमा गृहमन्त्री समक्ष ब्रिफिङ गर्नुभएको थियो।