४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

झाँक्री पक्राउ परेपछि गगनको आक्रोस : सरकार झ्यालखानाको संख्या थप



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड-माधव समुहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रकाउ गरेसंगै नेपाली कांग्रेसका नेता गगन थापा आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौति दिएका छन् ।

थापाले बिहिबार सामाजिक सञ्जालमार्फत सरकार कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोतान्त्रिक कार्यमा अग्रसर भएको भन्दै उनले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाएका छन् । उनले महाराजाले गर्ने काम अहिले  राष्ट्रपतिले गरेको भन्दै आक्रोश व्यक्त गरे । 

सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने थापाको भनाइ छ । उनले अहिले राष्ट्रपतिले उहिलेका महाराजाको व्यवहार देखाएको भन्दै झ्यालखानाको संख्या थप्न भनेका छन् ।