१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी लुम्बिनी प्रदेश अध्यक्षमा बराल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश समितिको प्रथ पुर्ण बैठकबाट सुदर्शन बरालको अध्यक्षतामा कमिटी गठन गरिएको छ । 

अध्यक्षमा बरालसहित पदाधिकारीहरु सर्वसम्मत निर्वाचित गरिएको माओवादी नेता रन्जित तामाङले जानकारी दिए । 

उनका अनुसार उपाध्यक्षमा दुर्गा थारु, लुमाकान्त न्यौपाने, वीर बहादुर घर्ती चयन भएका छन् । यस्तै, सचिवमा कृष्ण अधिकारी चयन भएका छन् भने सह–सचिवमा अकल बहादुर बम, काँशिराम यादव पार्वती बि.क. सर्वसम्मत चयन भएका छन् । यसैगरी, कोषाध्यक्षमा निर्दोष अलि चयन भएको तामाङले जानकारी दिए ।