२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलेशा पेरिस पारा ओलम्पिकका लागि छनोट



अ+ अ-

काठमाडौं: नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस पारा ओलम्पिकका आइतबार छनोट भएकी छन् ।

चीनको ताईयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिन् । यो उपलब्धीसंगै इतिहास रचेकी पलेशा पारा ओलम्पिकका लागि छनोट हुने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

यसअघि तेक्वान्दोकै दुई खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । संगीना वैद्यले २००४ को एथेन्स तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर खेलेका थिए ।

पलेशाले फाइनलमा इरानकी लेइला मिर्जाइलाई ५–४ ले पराजित गरी स्वर्ण जित्दै इतिहास रचेकी हुन् । त्यसअघि सेमिफाइनलमा पलेशाले उज्वेकिस्तानकी करिमा मेलिकुजिएभालाई १८–२ ले हराउदै फाइनल यात्रा तय गरेकी थिइन् । पलेशाको स्पर्धामा ४ खेलाडी सहभागी थिए । पारा छनोटको प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारा ओलम्पिकलाई छनोट हुने प्रावधान थियो ।

पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन् । पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । टोकियो पारा ओलम्पिक– २०२० मा पनि पलेशाले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।
नेपालमा छनोट प्रतियोगिता खेलेपछि पलेशा चीनको सांघाईं गएकी थिइन् । सांघाईबाटै पलेशा एसियाली छनोट खेल्न ताइयान गएकी थिइन् । पलेशा सांघाईको तोङजी विश्वविद्यालयमा आर्किटेक्चर अध्ययन गरिरहेककी छन् ।

एसियाली छनोटमा नेपालबाट २ पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए । पुरुष ६३ केजीमुनि भरतसिंह महता र ५८ केजीमुनि अमीर ब्लोन पदकविहीन बने । एक ‘बाउट’ जितेका भरतले इन्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए ।