२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यादव पक्षको माओवादीसँगको एकता घोषणा नेसपाले खारेज गर्‍यो



अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादी केन्द्रसँगको पार्टी एकता खारेज गरेको छ ।

आइतबार अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले माओवादीसँगको एकता खारेज गर्ने निर्णय गरेको हो ।

पार्टिका अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग एकता गर्ने सहितका चार बुँदे सहमति गरेको थियो ।

यस्तै, बैठकमा सहभागी नहुने केन्द्रीय सदस्यलाई पदमुक्त गरिने केन्द्रीय कार्यकारिणी समिति सदस्य कृष्ण शर्माले जानकारी दिए । नेसपाको विधानमा केन्द्रीय कार्यकारिणीमा ३५ जनाको व्यवस्था भए पनि हाल २९ जना रहेका र त्यसमध्ये आइतबारको बैठकमा २० जना सहभागी रहेका उनले बताए । ‘केही साथीले माओवादीसँग एकता गरेको भनेर निकालेको विज्ञप्ति पार्टीको निर्णय अनुसार होइन । हाम्रो पार्टीको एकता संयोजन समितिको संयोजकको पनि उपस्थिति छैन । त्यसैले स्वत: खारेजभागी छ ’, उनले भने ।