२१ भाद्र २०८३, आईतवार
,
Latest
तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चा चोरेको आरोपित महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश



अ+ अ-

काठमाडौं। थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोपित धरौटीमा छाड्न आदेश भएको छ।

काठमाडौं जिल्ला अदालतले दैलेखकी २७ वर्षीया मानकुमारी सिंहलाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

फागुन ११ गते मानकुमारी भक्तपुरबाट पक्राउ परेकी थिइन्। उनले आफू डिप्रेसनको बिरामी भएको र कसैलाई नभेटेपछि होस गुमेर बच्चा घर लिएर जान पुगेको बयान दिएकी छिन्।

थापाथली प्रसूति गृहबाट पूजन श्रेष्ठको २६ दिनको नवजात शिशु अस्पतालबाटै चोरी भएपछि प्रहरीमा उजुरी दिएका थिए । अनुसन्धानको क्रममा सिसिटिभी फुटेजमा मानकुमारीले बच्चा बोकेर लगेको देखिएको थियो ।