४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान सुनसान ‘रिहार’ धाम उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो देशभर मनसुनी वायुको प्रभाव कायम प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, १० गते महासभालाई सम्बोधन बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको होः सहअध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताउनुभएको छ ।

शनिवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नै नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताउनुभएको हो । उहाँले कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्नेकुरा सत्य नभएको बताउनु भयो । उहाँले नेसपाले गत मंसिर ६ गते नै केन्द्रिय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको बताउनु भयो ।

उहाँले दुई पार्टीका बीचमा एकता गर्ने भनेर चुनाव अगाडी नै सहमती भएको र पार्टी एकताको शर्तसहित आफूहरुले माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लडेको बताउनु भयो । उहाँले आफूहरु पार्टी एकता गर्ने डेढ वर्ष अगाडीको सहमती अनुरुप अगाडी बढेको र चाँडोभन्दा चाँडो पार्टी एकता हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले त हामीले नेपाल समाजवादी पार्टी र नेकपा(माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक बसेको हो । यहाँ नेपाल समाजवादी पार्टीको फलानो गुटको बैठक बसेको त होइन नि । नेपाल समाजवादी पार्टीको बैठक बसेको हो । नेपाल समाजवादी पार्टीको बैठक बस्दै गर्दाखेरी नेपाल समाजवादी पार्टीमा फलाना अध्यक्षको पक्षमा कति, अर्का अध्यक्षको पक्षमा कति भन्ने प्रश्न होइन । यो त नेपाल समाजवादी पार्टीको एकता संयोजन समिति र नेकपा(माओवादी केन्द्र) एकता संयोजन समितिको बिचमा संयुक्त बैठक बसेको हो । त्यसो भएको हुनाले यहाँ अल्पमतको कुरा, बहुमतको कुरा, यो पक्ष त्यो पक्ष होइन । नेपाल समाजवादी पार्टी ।

सिंगो नेपाल समाजवादी पार्टी एकतामा जाने हो । त्यो त हामीले मंसिरको ६ गते नै पार्टीको केन्द्रिय समितिको बैठकबाट पार्टी एकता संयोजन समिति बनाएका थियौँ । र त्यो पार्टी एकता संयोजन समितिको बैठक विविध कारणले आजसम्म बस्न सकेको थिएन । आज बस्यो र यसले पार्टी एकता गर्ने निर्णय गर्यो । पार्टी एकता गर्ने भनेर हिजो चुनावभन्दा अगाडी नै हामी तयार भएको हो नि ।

विविध कारणले गर्दा पार्टी एकता गर्न सकेनौँ । र पार्टी एकता गर्न नसकिसके पछाडी नेकपा(माओवादी केन्द्र)को गोलाकारभित्रको चुनाव चिन्ह हामी नेपाल समाजवादी पार्टीको तर्फबाट पनि लिएर हामी चुनाव लडेको हो । त्यो त पार्टी एकता गर्ने शर्तसहित गरेको थियौँ नि त । हामी डेढ वर्ष अगाडीको जुन सहमती हो । त्यो सहमती अन्तर्गत नै अगाडी बढेका छौँ र आज त्यसलाई अझ ठोस, अझ मूर्त निर्णयमा पुर्याएका छौँ ।’

सहअध्यक्ष श्रेष्ठले आफूहरुले नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर चुनाव लडेकाले कानुनी रुपमा आफुहरु माओवादी केन्द्रको सांसद भएको बताउनु भयो । आफूहरुले कुनै सत्ता स्वार्थको लागि पार्टी एकता गर्न नलागेको भन्दै उहाँले विगतको पार्टी एकता गर्ने निर्णयमा इमान्दार र प्रतिवद्ध भएर लागेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष महिन्द्र राय यादवको मन्त्री पद नरहेको र आफू हालसम्म वागमती प्रदेश सरकारको मन्त्री भएपनि त्यो विगतमै भएको बताउनु भयो । सत्ताको लागि एकता गर्न लागिएको भन्नेहरु पार्टी एकताको बिरोधी भएका उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हामीले अहिले चाहेर पनि नेपाल समाजवादी पार्टीको सांसद भनेर कानूनी रुपमा दाबी गर्ने ठाउँ रहँदैन । पार्टीगत हिसावले नेपाल समाजवादी पार्टीको हामी नेता हौँ । तर कानूनी हिसावले, संसदीय दलमा आवद्ध भएको हिसाबले हामीले एकल चुनाव चिन्हमा चुनाव लडेको कारण नेपाल समाजवादी पार्टीको नभएर नेकपा(माओवादी केन्द्र)को संसदीय दलको सदस्य हौँ । हामी चुनाव जितेर माओवादी केन्द्रको संसदीय दलको सदस्य भइसके पछाडी महेन्द्रजी यहाँ मन्त्री हुनुभयो ।

अहिले पुर्नगठनमा पर्नु भएन । म आजको दिनसम्म बागमती प्रदेश सरकारको मन्त्री छु । हिजो हामीले यो मन्त्री पद लिँदाचाहीँ पद लोलुप नहुने, आज महेन्द्रजीको मन्त्री पद गइसक्यो । उहाँहरुले भनेको मन्त्री पदको लागि हो भने त महेन्द्रजीको पद गइसक्यो । सबैभन्दा रिसाएर पार्टी एकता नगर्ने भनेर त उहाँले भन्नुपर्ने हो नि । त्यसकारणले व्यवहारिक रुपमै त्यो खण्डन भइसकेको छ । मेरो कुरा, अहिले मलाई मन्त्री बनाइदिएको कुरा त होइन । मैले मन्त्री पद जोगाइदेउ बाबा भनेर म माओवादी केन्द्रसँग हारगुहार गर्न गएको त छैन । राजनीतिक ढंगले हामीले जुन निर्णय ग¥यौँ नि पार्टी एकता गर्ने, त्यो निर्णयमा इमान्दार भएर, प्रतिवद्ध रहेर हामी अगाडी आइराखेका छौँ ।

जो साथीहरुले यसो(सत्ताको लागि) भन्नुहुन्छ, उहाँ साथीहरुले पार्टी एकता चाहनु हुन्न । सत्य कुरा त्यो हो । दुई पार्टी सँगसँगै अरु पार्टीहरुलाई पनि एकताको निम्ति तयार गर्दै लैजानुपर्छ भनेर पनि हाम्रो बीचमा छलफल चलेको छ । तिथिमिति नै घोषणा गर्ने खालको अवस्था त नहोला । छिटोभन्दा छिटो पार्टी एकता टुंग्याउँछौँ ।’

सहअध्यक्ष श्रेष्ठले नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी सँगसँगै अन्य पार्टीहरुलाई पनि एकता गर्दै लैजाने तयारी भएको बताउनु भयो ।