२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध, १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ ।

प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिनुअघि नै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् ।

कांग्रेस सांसदहरू उठेर संसद्मा अवरोध गरिरहँदा सभामुख देवराज घिमिरले प्रधानमन्त्रीबाट जवाफ आउने बताउँदै बैठक अघि बढाउन आग्रह गरे।

तर कांग्रेस सांसदहरू उभिएर संसद्मा अवरोध जारी राखेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।